Aamsanchar

पहिरो जोखिमको चपेटामा विद्यालय

Author Image
मङ्गलवार, साउन ३२, २०७३

unnamedसागर गौतम
इलाम स्थित लक्ष्मीपुर – ५ मा रहेको कृष्ण माध्यामिक विद्यालय क्षेत्र आसपास पहिरो गएको कारण जोखिम बन्दै गएको छ । यो वर्ष लगातार वर्षा भइरहदा विद्यालय क्षेत्र आसपासको करिब ३ रोपनी जमिन पहिरोले कटान गरेका कारण जोखिम बन्दै गएको हो ।
विद्यालयको पूर्व उत्तर पट्टीका भूभाग ३ कोठे भवन,२ कोठे छात्रा शैचालय पहिरोले जमिन कटान गरेपछि विद्यालयले जोखिम झेल्नु परेको व्यवस्थापन समितिका अध्यक्ष युवराज राईले बताए । छात्रा शौचालय पहिरोले कटान गरेपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको राईले बताए । जिल्ला शिक्षा कार्यालय मार्फत जिविस र भू–संरक्षणलाई जानकारी गराउने व्यवस्थापन समितिले बताएको छ । विद्यालय आसपासको जमिन पहिरोले कटान गरेपछि विद्यार्थीहरु पठनपाठनमा समेत असर पर्ने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)