Aamsanchar

६ कक्षाकी छात्रासंग लभ गर्ने शिक्षक पक्राउ

Author Image
बुधवार, भदौ १, २०७३

pakrau

भोजपुर ।

शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ ।

पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक्षक प्रधानलाई आरोप लागेको छ । सो कुरा बालिकाले प्रधानाध्यापक गङ्गाप्रसाद राईलाई जानकारी गराएपछि शिक्षक इन्द्रवीर प्रधानले बालिकालाई पिटेर शारीरिक यातना दिएपछि बालिकाले विद्यालयबाट घर फर्केर विष सेवन गरेको आरोप बालिकाको परिवारले लगाएको छ ।

विष सेवनपछि बालिकालाई मङ्गलबार जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । हाल बालिकाको स्वास्थ्य सामान्य अवस्थामा फर्केको र पूर्णरुपमा सुधार आएपछि अनुसन्धानले निष्कर्ष पाउने जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर