Aamsanchar

कमल थापालाई झापा ल्याउर जिताउने : सांसद लिङदेन

Author Image
मङ्गलवार, फागुन २१, २०७५

फायल फोटो

राप्रपाका बरिष्ट नेता तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देलले कमल थापालाई झापाबाट जिताउने घोषँणा गरेका छन् ।
राप्रपाको मेचि–महाकाली राष्ट्रिय अभियान आन्र्तगत आज हेटौँडामा भएको आमसभामा बोल्दै नेता लिङ्देलल कमल थापाजस्तो ब्यक्तिलाई यहाँको जनताले नबुझेको बताए ।

उनले भने तपाईहरुले किन कमल थापालाई हराउनु भयो,? के यो ब्यक्तिलाई जिल्लाले जुनिमा पाउन सक्छ ?  आफ्नो नाभीमा भएको बास्ना थाहाँ नपाएर कस्तुरी डाँडाकाँडा हिडछ रे, तपाई आफ्नै नाभीमा भएको बास्ना थाहा नपाएर कहाँकहाँ भौतारिनुभएको छ ?

उनले भने यो देशको भविष्यको प्रधानमन्त्री हुने योग्यता भएको मान्छे मकवानपुरले साच्चै मन नपराएको भए झापा लगेर जिताएर पठाउने भन्दै आफुहरुले यो मकवानपुर टेक्दा समेत गौरब महशुस हुने बताए ।

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर