Aamsanchar

मेचीमा लाइसेन्सको ट्रायल परिक्षामा सिसि क्यामेराको निगरानी

Author Image
बिहिवार, फागुन २३, २०७५

केशवराज भण्डारी, झापा ।

मेची यातायात ब्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतीपत्र लाइसेन्स लिनेका लागि प्रयोगात्मक परिक्षा ट्रायल परिक्षा लिने स्थानमा सिसि क्यामेरा जडान गरी निगरानि वढाएको छ ।

यातायात ब्यवस्था कार्यालय मेचीले फोटो खिचाएकै दिन लिखित परिक्षा सञ्चालनको सुरुवातबाट कार्य शैलीमा ब्यापक परिवर्तन गर्दै कार्यालय ब्यवस्थापनको काम सँगसँगै सिसि क्यामेराको निगरानी ट्रायल सेन्टरसम्म पुर्याएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका सहायक प्रहरी निरीक्षक यामकुमार खड्का भन्छन “सिसि क्यामेरा जडान भए पछि काम गर्न थप उर्जा थपिएको छ । क्यामेराले निगरानी सुरु गरे पछि पारदर्शिता सँगै आसपासमा हुने सक्ने अपराधिक कृयाकलापमा पनि केही थप निगरानी वढेको छ ।”

मेची यातायात ब्यवस्था कार्यालयले सिसि क्यामेरा जडान गरे पछी भने परिक्षा दिन आउने सेवाग्राहीमा पनि थप हौसला थपिएको छ । सेवाग्राहीहरु भन्छन सिसि क्यामेरा जडान भएपछी ट्रायल परिक्षा निश्पक्ष हुने आशा गरेका छौँ ।

उता ट्रायल सेन्टरमा सिसि क्यामेरा जडान भएपछी मेची यातायात ब्यवस्था कार्यालय झापाका प्रमुख खरुदेव चुडाल पनि प्रत्यक्ष निगरानी हुने कुरामा ढुक्क छन । उनी भन्छन “सिसि क्यामेरा वाट ट्रायल परिक्षा दिने परिक्षार्थीको मात्र होइन कर्मचारीको पनि निगरानी हुन्छ । जस्ले गर्दा यातायात ब्यवस्था कार्यालयहरुले अनियमितता गर्ने गरेका खवरहरु पनि यसबाट केहीहद सम्म निराकरण हुने छ । ”

यातायात ब्यवस्था कार्यालय मेचीमा विगत केहिवर्ष यता अनियमितताका घटनाहरु घटेका छैनन् । तर पनि यसलाई थप ब्यवस्थित गर्दै सिसि क्यामेरा जडान भए पछि भने अझ निश्पक्ष तथा पारदर्शीता हुने पक्का भएको छ । यातायात ब्यवस्था कार्यालय मेचीले ट्रायल परिक्षा सेन्टरमा जडान गरिएका क्यामेराको स्टेण्डका लागि फलामका पाइपहरु प्रयोग गरीएको छ ।

सो ट्रायल सेन्टरमा रु २ लाख हाराहारी खर्चमा ६ वटा क्यामेरा जडान गरिएको छ । क्यामेरा सजिलै जडान गर्न र झिक्न सकिने गरी ब्यवस्थित गरिएको हुदा ट्रायल परिक्षा अवधि भर मात्र प्रयोगमा आउने र अन्य समयमा क्यामेरा झिकेर सुरक्षित गर्न मिल्ने गरि जडान गरिएको छ ।

Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर