Aamsanchar

झापा गोल्डकपमा एक टिकटले दुई कार्यक्रम हेर्न पाउने व्यवस्था

Author Image
आइतवार, फागुन २६, २०७५

बिर्तामोड, फागुन २६ । चौथो  झापा गोल्डकपको फाइनल खेलमा चर्चित गायक प्रमोद खरेलले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
फागुन २७ गते सोमबार हुने फाइनल प्रतियोगिताअघि खरेलले आफ्ना लोकप्रिय गीतबाट दर्शकलाई मनोरञ्जन दिने भएका हुन् । खेलकुदलाई नजिकबाट हेर्ने खरेलले खेलकुदसम्बन्धी गीतसमेत गाएका छन् । फागुन १८ गतेबाट सुरु मगमग झापा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लब र मगमग झापा ११ फुटबल क्लब आमनेसामने हुँदैछन् ।

गायक खरेलको साङ्गीतिक प्रस्तुतिसँगै इस्ट होराइजन माविको सांस्कृतिक कार्यक्रम पनि रहेको झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । साङ्गीतिक कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ ।

राष्ट्रियकलाकार हरुको प्रस्तुती पैषा तिरेर हेर्नुपर्ने हुन्छ र राष्ट्रिय स्तरका खेलाडीहरु सहभागी रहेको गोल्डकप पनि पैषा तिरेर नै हेर्न पाईछ । तर झापा गलोडकपले देशकै चर्चित गायक प्रमोद खरेर र त्यस्तै चर्चित फुटवल टिम झापा ११ र त्रिभुवन आर्मी विचको खेल एउटै टिकटमा हेर्न पाउदा आफू खुशी भएको विर्तामोड एक दर्शकले बताए ।

त्यस्तै, आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय पूर्वफुटबल खेलाडी भद्रपुरका गम्भीर राई र महिला फुटबल टिमकी पूर्वराष्ट्रिय गोलरक्षक धुलाबारीकी अस्मिता खवासलाई सम्मान गर्न लागिएको छ । झापा गोल्डकपले प्रत्येक वर्ष पूर्वफुटबलरलाई नगद २५ हजारसहित सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर