बिर्तामोड ।
वैदेशीक रोजगारीको विषयलाई समेटेर तयार पारिएको चलचित्र साईंली आगामी चैत १५ गतेबाट प्रर्दशनमा आउने भएको छ ।
नारी प्रधान चलचित्रको रुपमा रहेको साईंलीले प्रेम कथालाई प्रथमिकता दिएको सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गायक हेमन्त रानाको गीत ‘सुन साईंली’ एकताका धेरै नेपालीको मुखमा झुण्डियो । ‘सुन साईंली’ गीतमा अभिनय गरेपछि गौरव पहारी र मेनुका प्रधानको जोडीको करियर पनि चम्कियो । मेनुकाको त परिचय नै बन्यो, ‘साईंली’ ।
यही लोकप्रिय गीतबाट नाम जुराएर गायक हेमन्त र अभिनेता गौरवले बनाएको फिल्म ‘साईंली’ चैत १५ बाट प्रदर्शनमा आउनेभएको छ । फिल्ममा साईंली गीतकै जोडी गौरव र मेनुकाको मुख्य भूमिका छ ।
बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै फिल्म टिमले साईंलीमा गीतको भिडियोभन्दा अघिको परिस्थितिको कथा भनिएको जानकारी दियो । फिल्ममा दयाहाङ राई, किनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इस्तु कार्की, सरोज अर्याल र अरुणा कार्कीको पनि अभिनय छ ।
फिल्मका निर्माता विशाल गुरुङ र मोहन राना मगर हुन् भने कार्यकारी निर्माता मणिराम पोखरेल, लेखन र निर्देशन रामबाबु गुरुङ, छायाङ्कन शैलेन्द्र डि कार्की, कोरियोग्राफर विक्रम स्वाँर, सङ्गीत कालीप्रसाद बास्कोटा र सुशान्त गौतमको रहेको छ ।
चलचित्र संयोगान्त र वियोगान्त दुवैको दोसाँधमा रहेको बताइएको छ । अशिकांश छायङ्कन नेपालमा नै गरिएको बताउदैं फिल्ममा नायक दयाहाङ राईले चलचित्र प्रर्दशनमा आउनु अघिल्लो दिनसम्म पनि खर्च हुनेभएकाले यति लागत लाग्यो भन्ने नसक्ने बताए ।