Aamsanchar

स्टार होटलको बाहेक खाजाखाना खान मान्दैनन् अर्थसचिव

Author Image
बुधवार, भदौ १, २०७३

काठमाडौं, १ भदौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो। यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ। अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुन

lokdarshan-regmiसक्छ। अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो।

आजको अन्नपूर्ण पोस्टमा खबर छ–अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न। कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन्। रेग्मी पनि त्यसै गर्छन्। अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै इभनिङ वाक गर्छन्। बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ।

‘सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ,’ मन्त्रालयका एक कार्यालय सहयोगीले भने। तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाहिँ सुक्खा रोटी तरकारी। कृष्णहरि बास्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो। ‘अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने,’ती सहयोगीले भने।

सहकर्मीसँग सचिवले ‘म सानोतिनो मान्छे हैन, सानोतिनो ठाउँको खाँदिन।’ बारम्बार भन्ने गर्छन्। उनले दोहोर्याउने अर्को कुरा हो–सानो चित्त बनाउनु हुँदैन, हामीले एकाथ लाखको खाएर फरक पर्दैन। बजेट लेखनका क्रममा संलग्न कर्मचारीलाई पनि मन्त्रालयमै खाना खुवाउने चलन छ। अघिका वर्ष क्यान्टिनकै खाना सबै हुन्थ्यो। यसपालि द्वारिकाजका साथै कहिलेकाहिँ बबरमहल रिभिजिटेडबाट मगाइएको थियो। सचिवले बजेटसम्बन्धी छलफल पनि धैरै होटलमै गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर