नरेन्द्र ढकाल / बिर्तामोड ।



मानिस जन्मिएपछि मृत्यु स्वभाविक प्रक्रिया हो । तर, कसैको मृत्युले समाजमा यति धेरै मानिसको मन रुवाउने गर्दछ । यस्तै भएको छ– नबोल्ने ’बा’ नामले परिचित झापाको बुद्धशान्ति–५ शान्तिनगरमा लोकनाथ खतिवडाको निधनले ।

जन्मजात बोलि नआएका लोकनाथ शान्तिनगरमा नबोल्ने ’बा’ ले चिनिने गरेका थिए । झापामा पहिलो पटक तीनले खेती गर्ने पूर्वमन्त्री नरेन्द्र बाँस्तोलालाई धेरैले चिन्ने गरेका थिए । उनले सुरु गरेको खेतीलाई आत्मसाथ गर्दै शान्तिनगरका कृषक लोकनाथले पनि आफ्नो खेतबारीमा खेती लगाएका थिए ।

करिब १२ विगाह जग्गामा उनले चिया,सुपारी, बेसार र मरिच एकै ठाँउमा फलाएर सफल कृषकको उदाहरण प्रस्तुत गरेका थिए भने तीन तले कृषिको बारेमा शान्तिनगरमा धेरै किसानलाई जानकारी समेत दिएका थिए । बोली नआएपनि इसराको भरमा उनले धेरैलाई कृषिसम्बन्धि ज्ञान दिएका थिए । उनले हाल घरमा लगाएको लिची ढकम्क फुलेको छ भने आँप पनि फुल्दै छ । सुपारी बगानमा हरिया सुपारीका भोट थिए भने चिया बगानले लोकनाथलाई नै खोजि रहेको थियो ।
घरमा रहेको दुई माउ गाई पनि सुत्केरी अवस्थामा रहेका थिए । तर बिडम्बना बिहानदेखि बेलुकासम्म तिनै घरगोठमा साथमा रहने लोकनाथले यो संसार छाडेर गएपछि छोराछोरी अहिले दशकात्र कर्म गरिरहेका छन् । आफु जन्मजात नबोल्ने भएपनि उनले आफ्ना सन्ततिहरुलाई भने उच्च शिक्षा दिएका दिएका छन् उनका एकछोरा शिक्षक,अर्का डाक्टर छन् भने कान्छो छोराले इन्जिनीयर भएर समाजमा सेवा प्रदान गरिरहेका छन् ।
बुद्धशान्ति–५ शान्तिनगर निवासी खतिवडाको ८३ वर्षको उमेरमा फागुन २४ गते निधन भएको हो । वि.स. १९९२ वैशाख ४ गते इलामको तल्किालन इरौँटार गाविसमा जन्मिएका खतिवडाले समाजमा मृत्युपछि पनि उदाहरणीय काम गरेरका छन् । उनले आफ्नो मृत्युपछि नेत्रदान गर्ने घोषणा गरेका थिए । उनले गरेको नेत्रदानलाई मेची नेत्रालय कांकरभिट्टाका चिकित्सकको टोलीेले लगेको थियो ।
खतिवडाले दान दिएको नेत्रलाई डोल्पाका एक १० वर्षिय बालकको आँखामा प्रयोगमा ल्याएर बालकलाई नेत्र प्रदान गरिएको जानकारी परिवारलाई गराइएको जनाइएको छ । आफ्ना बुबाले बोली नआएपनि नेत्रदान गरेर समाजका लागि महत्वपूर्ण काम गरेको ऊँ झापा मेडिकलका सञ्चालक समेत रहेका माहिला छोरा सुरेश खतिवडाले जानकारी दिए । उनले भने–समाजमा थोरै मानिस मात्र मरेर पनि बाँच्ने गर्छ, आज बुबाले जुन पुन्य काम गर्नुभएको छ त्यसले उहाँ सदा जिवित रहनुभएको छ ।
वाक क्षमता नभएका खतिवडा शान्तिनगरकै उदाहरणीय कृषकका रुपमा परिचित रहेका थिए । नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका उनलाई जय नेपाल प्रतिष्ठान बिर्तामोडले उत्कृष्ट कृषकको रुपमा सम्मान समेत गरेको थियो । खतिवडामा तीन छोरा र दुई छोरी रहेका छन् । श्रीमती रेनुका खतिवडा छोराबुहारी डिल्ली–बुद्धिमता,सुरेश–सरिता र सुरज–दिपा खतिवडा रहेका छन् भने छोरीज्वाई हेमन्ता–अर्जुन बराल र सुसन–पुष्पराज घिमिरे रहेका छन् । खतिवडाका ९ जना नातीनातिना रहेका छन् ।
आफु बोल्न नसक्ने भएपनि समाजमा केहि राम्रो काम गर्नुपर्छ भन्ने विचार राख्ने लोकनाथले शिक्षा क्षेत्रको विकासका लागि ठूलो योगदान दिएको उनका कान्छा भाई साहित्यकार तेराखले बताए । झापामा धेरैले नेत्रदान गरेपनि वाक क्षमता नभएका ब्यक्ति मध्ये खतिवडा नेत्रदान गर्ने पहिलो ब्यक्ति हुन सक्ने परिवारको भनाई छ ।

