Aamsanchar

विपदमा परेकालाई झापाबाट २४ लाख सहयोग

Author Image
बुधवार, चैत २०, २०७५

झापा,

वारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै जिल्ला विपद व्यवस्थापन समिति झापाले प्रति गाउँपालिका एक लाख र प्रति नगरपालिका दुई लाख रुपैयाँका दरले सहयोग गर्ने भएको छ ।

आज प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको वैठकले सात गाउँपालिकाले एक एक लाख गरी सात लाख र आठ नगरपालिकाले १६ लाख गरी जम्मा २३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

यस अघि नेपाल रेडक्रस सोसाइटी झापाले एक लाख २१ हजार रुपैयाँ सहयोग गर्न लागेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर