Aamsanchar

वाह्रदशीमा विपद व्यवस्थापका लागि २० युवा

Author Image
मङ्गलवार, चैत २६, २०७५

झापा ।

वाढी पहिरो, आगलागी, हावाहुरी जस्ता दैवी प्रोकपमा परी धेरै नेपालीले वर्षेनि ज्यान गुमाउँदै आएका छन् । २०७२ सालको विनाशकारी भुकम्पवाट पनि नेपालमा ठूलो धनजनको क्षति भयो भने भौतिक सम्पतिहरुमा पनि त्यत्तिनै हानी नोक्सानी पुग्यो । यस वर्षपनि हावा हुन्डरीकै कारण वार र पर्सामा जनधनको क्षतिसंगै भौतिक संरचनाहरु तहस नहस बने ।

नेपाल सरकारको महत्वपूर्ण कार्यका रुपमा रहेको विपद् न्यूनीकरण एवं व्यवस्थापनका लागि विशेष ऐन, नियम, निर्देशिका , कार्यविधिहरु तर्जुमा भई संस्थागत व्यवस्था गरिएको छ । तर, पनि विपद पूर्व र पछिको व्यवस्थापन एवं प्रतिकार्य योजनामा वैकल्पिक व्यवस्थापनको सोचको कमीका कारण वर्षेनि कहाली लाग्दो अवस्थाको सामना गरिरहनु परेको छ ।

विपद व्यवस्थापनको सही र प्रभावकारी अवधारणा अनुरुपको कार्ययोजना कार्यान्वयनले कतिपय अवस्थामा हामी जोखिमको रोकथाम तथा नियन्त्रण गर्न सक्षम हुन्छौं । दैवी प्रकोप पूर्वतयारी र प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गरी क्षतिलाई न्यूनीकरण एवं व्यवस्थापन गर्न सकिने भएपनि सरकारले विपद् व्यवस्थापनमा खासै चासो नदिइरहेका वेला वाह्रदशी गाउँपालिकाले भने विपद व्यवस्थापनका लागि चासो देखाएको छ । वर्षेनि वाह्रदशीका नागरिकले विपदको सामना गर्नु परेपछि गाउँपालिकाले विपद् अघिको अवस्था र विपद पछिको अवस्थामा उद्धार गर्न २० युवालाई तयारी राखेको छ ।

गाउँपालिकाले विशेष कार्यविधि नै तयार गरेर विपद् व्यवस्थापनका लागि काम अघि वढाएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । उनले भने –‘ वाह्रदशीमा वर्षेनि विपदमा परेर जन धनको क्षति हुने गरेको छ । विपदमा जनधनको क्षतिलाई न्यूनीकरण गर्न गाउँपालिकाले कार्यविधि वनाएर २० युवालाई तालिम दिएर दक्ष वनाएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षबाटै विपद व्यवस्थापनका क्षेत्रमा युवालाई तयार परेको र गत वर्ष ३० लाख रुपैयाँ वजेट विनियोजन गरेको अध्यक्ष राजवंशीले बताए । उनले भने – ‘वाह्रदशी गाउँपालिकामा वढीको जोखिम वढी छ यसबाट बच्न सकिने उपायहरु हामीले अपनाएका छौं ।’

२०७५ सालमा विपद् व्यवस्थापनका लागि १० लाख रुपैयाँको आवश्यक सामग्री खरिद गरेपनि संयोगवस अघिल्लो आर्थिक वर्ष विपद् नआएकाले ती सामग्री सुरक्षित रहेको राजवंशीको भनाई छ ।

वाह्रदशी गाउँपालिका विपदका दृष्टिले जिल्ला मै दोस्रो रहेको बताउँदै उनले भने –‘वाह्रदशीमा वाढीको वढी जोखिम छ । पहिलो झापा गाउँपालिका भए पनि वाह्रदशीवासी वाढीवाट वढी पीडित छन् त्यसका लागि हामीले विशेष कार्यविधि नै बनाएका छौं ।’

पानीले ल्याएको विपदमा व्यवस्थापनका लागि यस वर्षपनि गाउँपालिकाले वजेटको व्यवस्थापन गरेको बताउँदै अध्यक्ष राजवंशीले भने – हामीले नेपाल रेडक्रस सोसाइटीसंग समेत समन्वय गरेर युवा दस्ता तयार गरेका छौं ।

नेपाल वहु प्रकोप जोखिमयुक्त देशहरु मध्य उच्च जोखिममा रहेको देश हो । नेपालको भौगोलिक वनावट र यसवाट सिर्जित परिणाम जो प्रकोपका दृष्टिले अति संवेदनसिल तथा जोखिमयुक्त अवस्थमा रहेको छ । विभिन्न तथ्याङ्कहरुमा उल्लेख भए अनुसार नेपाल सम्पूर्ण जोखिमको हिसावले २० औं स्थानमा छ । भूकम्पको हिसावले विश्वमा ११ औं, वाढीको हिसावले ३० औं र जलवायु परिवर्तनको हिसावले एशिया स्तरमा छैठौं जोखिमपूर्ण देशका रुपमा रहेको छ ।

एक सरकारी तथ्याङ्क अनुसार नेपालका २ हजार ३ सय १५ वटा हिमतालमध्ये २२ वटा फुटने अवस्थामा छ । प्रत्येक वर्ष प्रकोपका ४ सय २० वटा घटना घटेको पाइन्छ । प्रत्येक वर्ष एक हजार मानिसहरु मर्ने गरेका छन् ।

मानव सिर्जित वा प्राकृतिक कुनै पनि कारणले जनधनको ठूलोमात्रामा क्षति भएको अवस्थामा आपतकालिन स्थिति आउंँन सक्ने भएकाले युवा दस्ता तयार पारिएको अध्यक्ष राजवंशीले बताए ।

सामान्यतया विपद पूर्व जानकारी र सूचना नदिई मानवीय जनजीवन क्षतविक्षत पार्नेगरि आएको अवस्थामा प्रभावित क्षेत्रलाई आपतकालिन अवस्थाको क्षेत्रको रुपमा स्वीकारी तत्काल नजधनको थप क्षति हुन नदिन र विपत पश्चातको समयमा छिटो भन्दा छिटो नजजीवन पुर्नस्थापित गर्नका लागि आपतकालिन अवस्थाको सम्बोधन गरिने उनको भनाई छ

विषम अवस्थाको आपतकालमा समाजलाई थप सुरक्षित र मजवुत भई नियमित जीवनचर्यामा छिटो भन्दा छिटो पुर्नस्थापित गर्नका लागि समाजमा अहिले चेतनामुलक गतिविधि र पुर्नसामाजिकिकरणका गतिविधि सञ्चालन भइरहेको राजवंशीले बताए ।

Views: 190

प्रतिक्रिया (०)