प्रदेश २ सरकारले आफ्नो प्रदेशभित्र कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न लोकसेवा आयोगलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार लोकसेवा आयोगलाई पत्र लेखी संविधानले दिएको अधिकार अनुसार आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार आफै सरकारी सेवा गठन र सञ्चालन गर्ने भन्दै उनले प्रदेश २ मा कर्मचारी भर्नाको विज्ञापन नगरिदिन आग्रह गरेका हुन् ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सकिएपछि रिक्त रहेको दरबन्दीमा लोक सेवा आयोगले भर्ना खोल्न लागेका बेला प्रदेश २ ले यस्तो पत्र लेखेको हो ।
संविधानको धारा ८५ को उपधारा ३ मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानून बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था रहेको छ ।

Views: 302


