काठमाडौं ,

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका लागि आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीहरु सहभागी हुने कार्यक्रमलाई रोक लगाउँदै आएका बेला सरकारले भने हिंसाको बाटोबाट समस्याको समाधान ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्ने नआए हिंसात्मक बाटोलाई छुट नदिने बताएको समाचार राजधानी दैनिकमा छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिंसाको बाटोबाट कुनै पनि निकास ननिस्कने भन्दै वार्ता आए सरकार स्वागत गर्न तयार रहेको बताए।

Views: 174


