Aamsanchar

अरिंगालले टोक्दा एक जनाको मृत्यु

Author Image
आइतवार, भदौ ५, २०७३

गुल्मी,

aringal

गुल्मीको मुसिकोटमा अरिंगालले टोकेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मुसिकोट गाविस–२ का ३१ वर्षे सुरज कार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बतउनुभयो ।

शनिबार राती अरिंगालको गुड पोल्न गएका कार्कीलाई अरिंगालको टोकेको थियो । घाइते कार्कीको तम्घासको रेसुङ्गा अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको हो । कार्कीसँगै अरिंगाल पोल्न गएका कृष्णबहादुर सुनार घाईते हुनु भएको छ ।

सुनारको सुनारको सदरमुकाम तम्घासमा उपचार हुन नसेकेपछि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)