यसरी बच्चाको टाउको योनीमार्गको तल्लो भागमा धेरै बेरसम्म रहँदा त्यसले पिसाबथैली र दिसाथैली दुवैलाई थिच्छ। केही गरी व्यथा लामो हुन गई बच्चाको टाउको योनीमार्गमा १८ घन्टाभन्दा बढी रहन गएमा यसले थिचेको भागमा रक्तसञ्चार बन्द गर्छ। त्यस भागको झिल्ली र मासु मर्छ र प्वाल पर्न जान्छ।
फिस्टुला किन हुन्छ ?
फिस्टुला हुनुको मुख्य कारण लामो समय व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको धेरै बेरसम्म रहनु हो । त्यसैले गर्भवती भएको बेलामा नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।
– बच्चा जन्माउने व्यथा लागेपछि तालिमप्राप्त स्वास्थ्यकर्मीले बच्चा नजन्माएमा,
– न्यून आर्थिक स्थिति र कामको बोझका कारण,
– बालविवाह, बलात्कारलगायत अन्य प्रकारका लैङ्गिक विभेदमा परेका महिलाले आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवाको अभावमा,
लक्षण
– योनीबाट निरन्तर पिसाब, दिसा चुहिनु
– योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुनु
– रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ
रोकथामका उपाय
– सानै उमेरमा विवाह नगरिदिने,
– सानो उमेरमाबच्चा नजन्माउने,
– बालिकालाई खानामा विभेद नगर्ने,
– किशोरावस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिने,
– गर्भवती महिलालाई पर्याप्त मात्रमा सन्तुलित खाना खुवाउने,
– गर्भवती जाँच नियमित रुपमा कम्तीमा ४ पटक गर्ने,
– गर्भवतीको श्रीमान् तथा परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्ने,
– सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउने,
फिस्टुलाको रोकथाममा गर्भवतीको परिवारका सदस्याको मुख्य भूमिका रहन्छ । गर्भवतीको उपयुक्त हेरचाह, नियमित जाँचका साथै प्रसव समयमा उचित सहयोग र समुचित व्यवस्थापन गर्दा फिस्टुला हुने वातावरण हुँदैन।
उपचार
फिस्टुलाको उपचार सम्भव छ। शल्यक्रियाद्वारा यसको उपचार गर्न सकिन्छ। सय जनामा १५ जना महिलामा शल्याक्रियाबाट फिस्टुलाको समस्या समाधान भएको छ।
शल्याक्रिया सम्भव हुनसक्ने वा सफल हुन नसकेको केसमा शल्याक्रियाद्वारा पिसाबलाई योनीमार्गमा आउन नदिई बाहिर पिसाब थैलीमा राखेर उपचार गरिन्छ।