Aamsanchar

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलमा केही स्थानियको कुदृष्टी

Author Image
बुधवार, जेठ १५, २०७६

चितवन,जेठ १५। निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध पुर्याउने उदेश्यले निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् ।

डोजरसहित बुधबार विहान आएका केही व्यक्तिले जस्तापाताले बारेको बार भत्काइदिएका हुन् । उनीहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन ।

नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ । चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए ।

अहिले सो क्षेत्रमा ७ मिटर फराकिलो सडक छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

‘त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामाग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन् ।
तिनै धम्की दिने व्यक्तिहरुले नै डोजर लगाएर बार भत्काएको फाउण्डेसनका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘हामी त यहाँ बस्न सक्ने अवस्था नै छैन, सुरक्षा नै भएन ।’ रंगशाला बन्ने भएपछि सो क्षेत्रमा जग्गाको भाउ प्रति कठ्ठा ५ लाख रुपैयाँबाट ८० लाख रुपैयाँसम्म पुगेको छ ।

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर