बिर्तामोड । पूर्वी नेपालमा पेट्रोलियम पदार्थ सहज हुन अझै केही दिन लाग्ने भएको छ ।

नेपालको पूर्वी नाका भारतस्थित पानीट्याङकी भन्सारमा अनलाइन दर्ता सुरु भएपछि ईन्धन बोकेर आएका ट्रक नेपाल भित्रिन सकिरहेका छैनन । गत हप्तादेखि शुरु भएको अनलाइन दर्ता प्रणाली व्यवस्थित हुन नसकेको कारण नेपाली सबैखाले मालबहाक सवारी नेपाल भित्रिन ठिलो भएको कारण प्रत्यक्ष असहज चै डिजल पेट्रोलमा परेको छ ।

इन्धनको चरम अभाव भएपछि नेपाल आयल निगम चारआलीले बिराटनगरबाट शनिबार मेची अञ्चलका लागि २ लाख ४० हजार लिटर डिजेल,१ लाख लिटर पेट्रोल भित्र्याएको छ ।भारतीय भन्सारको नया“ प्रबिधी प्रयोगमा कर्मचारीले ढिलाइ गरेका कारण सहज हुन समय लाग्ने आयल निगमका सूचना अधिकारी लोकमणी पौडेलले जानकारी दिए । प्राबिधिक पक्षलाई दुरुस्त पार्न कलकत्ताबाट टोली आउदै गरेको बुझिएको छ ।
मेची अन्चलको पनि झापामा इन्धनको अत्याधिक माग छ । मेचीमा दैनिक ३ लाख लि. डिजेल र १ लाख लि. पेट्रोलको खपत हुने गरेको पौडेलले जानकारी दिए ।



