Aamsanchar

ससुरालीमा करेन्ट लागेर ज्वाइको मृत्यु

Author Image
सोमवार, भदौ ६, २०७३

भद्रपुर ।
ससुराली पाउनका आएका ज्वाईको करेन्ट लागेर आइतबार मुत्यु भएको छ ।

झापा पृथ्वीनगर गाविस ५ बस्ने २८ बर्षिय रमेश वास्कोटाको करेन्ट लागेर मुत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

भद्रपुर नगरपालिका १५ स्थित गार्मेट चोकमा रहेको ससुराली घरमा करेन्ट लागेको वास्कोटाको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारको क्रममा मुत्यु भएको वडाका प्रहरी निरीक्षक राजनकुमार न्यौपानेले बताए । सासु तलुसी सुवेदीको घरमा विद्युत विग्रिएको अवस्थामा ज्वाई वास्टकोटाले विद्युत मर्मत गर्न खोज्दा करेन्ट लागेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)