Aamsanchar

पाँच नदीमा बाढी आउने खतरा, केही नदीमा बहाव खतरा तहभन्दा माथि जाने चेतावनी

Author Image
मङ्गलवार, जेठ २१, २०७६

काठमाडौं, वैशाख २१ । जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान विभागले भोलि बुधबार (जेठ २२ गते) देशका विभिन्न पाँच प्रमुख नदी र तिनका शाखा नदीमा बाढी आउने पूर्वानुमान गरेको छ।

विभागले आज एक सूचना प्रकाशित गर्दै यी नदी आसपास नजान र बाढीप्रति सतर्क रहन पनि स्थानीय बासिन्दालाई आग्रह गरेको छ। विभागका अनुसार कन्काई, कमला, पश्चिम राप्ति, बबई, कर्णाली र तिनका शाखा नदीमा भोलि विहान ११ बजेदेखि पर्सि विहानसम्म बाढी आउने सम्भावना उच्च रहेको बताएको छ।

केही नदीमा बहाव खतरा तहभन्दा माथि जाने चेतावनी पनि विभागले दिएको छ। देशका अन्य ठूला र साना नदीमा भने अवस्था सामान्य रहने विभागको भनाइ छ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर