Aamsanchar

प्रेमी द्वारा प्रेमिकाको हत्या

Author Image
शनिवार, जेठ ३२, २०७६

पाँचथर : 
प्रेम भन्ने सब्द माया, दयाँ करुणाको प्रतिक मानिन्छ, तर प्रेमीकालाई प्रेमीले नै हत्या गरेको घटनाले प्रेमको मुल्य र मान्यतालाई गलत झै बनाएको छ, पाँचथर हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया किशोरी शितल योङहाङको प्रेमी पदम गोले तामाङले आफैंले योजना बनाएर शितलको हत्या गरेको स्वीकार गरेपछि 
शितलको गत वैशाख २९ गते घाँटी रेटि विभत्स हत्या भएको थियो ।

घटना पछि फरार रहेका उनका प्रेमी फाल्गुनन्द–२, पात्ले भञ्ज्याङका २० वर्षीय तामाङ २१ दिनपछि झापाको दमकबाट पक्राउ परेका छन । शितलले आफूलाई छाडी अरुसँगै प्रेम गर्न थालेको शंकामा बदला लिन आफैंले योजना बनाई हत्या गरेको प्रहरी समक्ष ती युवकले बयान दिएका छन् ।
शितलको प्रेममा पागल बनेका पदमले शितलले आफूलाई कम महत्व दिन थालेपछि योजना बनाएरै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता अनिलकुमार पौडेलले बताए । पदमले साथी भगिरथ बाँस्तोलाको सहयोगमा शितलकै गाउँमा गएर नजिकैको मान्छे नभएको घरमा बोलाएर घाँटी रेटि हत्या गरेका थिए ।

स्थानीय शिद्ध मावि पञ्चमी कक्षा–१० मा अध्ययनरत शितलको शव घर नजिकै सडक छेउमा घाँटी रेटि हत्या गरिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार पदमका काका कर्ण तामाङले पदम र भगिरथलाई फिदिमदेखि पञ्चमीसम्म पुग्न पैसा दिई सहयोग गरेका थिए । भगिरथ घटना भएको भोलिपल्टै पक्राउ परेका थिए भने । कर्णलाई भने नौ दिनपछि फिदिमबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनाका मूख्य योजनाकार पदम, मतियार भगिरथ र कर्ण तीनै जनालाई जिल्ला अदालत पाँचथरका न्यायाधिश मनोजकुमार केसीको इजलाशले पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर