Aamsanchar

पाँचथरमा पैसाकै लोभले युवतीको हत्या भएको आशंका, एक जना पक्राउ

Author Image
शुक्रवार, असार ६, २०७६

पाँचथर,

हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाँउमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र लाओतीलाई बिहीबार राति ८ बजे पक्राउ गरेको हो ।

सुजाताको हत्यापछि फरार अभियुत्त लाओतीको खोजतलास गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ ।

हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत तामाङ हिलिहाङ–६, रातमाटेमा फाइनान्स समूहको बैठकसँगै व्याज र किस्ता संकलन गरेर फर्कँदै गर्दा गएको मंगलबार साँझ सित्ते भन्ने ठाँउको जङगलको गोरेटो बाटोमा धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

लाओती हिलिहाङ–५, स्थित गाँउमै लुकेर बसेको अवस्थामा  पक्राउ परेका हुन् ।  लाओतीले पैुाकै लोभमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ  ।

इलामको माईजोगमाई गाउँपालिका–५, घर भएकी तामाङको शव वुधबार पोस्टमर्टमपछि आफन्तलाई जिम्मा दिइएको पाँचथर प्रहरीले जनाएको छ ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर