Aamsanchar

‘ब्रसेलोसिसका रोगी ६ महिना अघि नै मेडिका हस्पिटलमा भेटिएको’

Author Image
बुधवार, भदौ ८, २०७३

dr saurav

बिर्तामोड ।
पूर्वाञ्चल पहिलोपटक फेला परेको भनिएको ब्रुसेलोसिस् रोग नया नभएको चिकित्सकले बताएका छन् ।
बिर्तामोडस्थित मेडिकल हस्पिटल प्रालिका बरिष्ठ फिजिसियन डा. सुवेश सौरभले पूर्वमा पहिलोपटक उक्त रोगका विरामी फेला परेको भन्नु सरासर गलत भएको दावी गरे । पूर्वाञ्चलकर्मीसाग कुराकानी गर्दै उनले मेडिका हस्पिटलमा ब्रुसेलोसिस् रोगका विरामी ६ महिना अघि नै फेला परेको दावी गरे । सुरुङ्गाका कार्की थरका एक विरामीमा ६ महिनाअघि नै ब्रुसेलोसिस् रोग फेला परेको डा. सौरभले बताए । हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र बास्तोलाले मेडिका हस्पिटलबाट ब्रुसेलोसिस् रोगबाट संक्रमित ६ जनाभन्दा बढी विरामीको उपचार भइसकेको जानकारी दिए । ‘ब्रुसेलोसिस् नयाा पत्ता लागेको रोग होइन, यो आत्तिनुपर्ने र ठूलो रोग पनि होइन’– डा. सौरभले भने– ‘सामान्य रोग हो, सही ढंग र मात्रामा एन्टिवायोटिकको प्रयोगबाट निको भइहाल्छ ।’
विराटनगरस्थित लाइफ गार्ड अस्पतालले सोमवार पत्रकार सम्मेलन गरी उक्त रोग पूर्वाञ्चलमै पहिलोपटक फेला परेको दावी गरेको थियो । ब्रुसेलोसिस् रोग पाल्तु जनावरबाट सर्ने र यो ब्रुसेला नामक किटाणुको संक्रमणबाट हुने डा. सौरभले बताए । बिरामीलाई कडा ज्वरो आउने, वान्ता हुने, वेहोस हुने र क्रमिक रुपमा कलेजो, मुटु बिग्रदै गएर मृत्यु हुने सम्भावना रहेको उनले बताए । रोगीको रगत परीक्षणबाट यसको पुष्टि हुने बताइएको छ ।
गाईगोरु, खसीबाख्रा लगायत घरपालुवा जनावरको गोवर, पिसाब, र्‍याल, दूध जस्ता पदार्थबाट ब्रुसेला मानिसमा सर्ने र ब्रुसेलोसिस् हुने डा. सौरभको भनाइ छ । यसले ज्वरो आउनुका साथै हड्डी र शरीरका विभिन्न अंगमा इन्फेक्सन गराउने बताइन्छ । खाना नरुच्ने, पेट दुख्ने, शरीरका विभिन्न ठाउामा पिप जम्ने पनि यसको कारणले हुने बताइएको छ । रोगको समयमै पहिचान भए, सामान्य एन्टिवायोटिकबाटै यो रोग निको हुने तर, ढिलो भए लामो समयसम्म एन्टिवायोटिक सेवा गर्नुपर्ने तथा बिरामीको मृत्यु पनि हुन सक्ने बताइएको छ । डा. सौरभले गाईवस्तुको गोवर चलाउादा ग्लोव लगाउन, घाउ भएको अवस्थामा त्यस्तो ठाउामा नजान र दूध तथा मासु राम्ररी पकाएर मात्र खान सुझाएका छन् । उनले कडा ज्वरो आउने वित्तिकै स्वास्थ्य संस्थामा गएर उपचार गर्न तथा जथाभावी औषधि सेवन नगर्न समेत सल्लाह दिएका छन् । डा. सौरभ वीर हस्पिटलबाट एमडी गरेर मेडिकामा डेढ बर्षदेखि कार्यरत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर