Aamsanchar

आधुनिक हतियार र गोलीसहित विप्लव समूहका एक कार्यकर्ता पक्राउ

Author Image
बिहिवार, असार १९, २०७६

संखुवासभा । एक पछि अर्का नेता तथा कार्यकर्ता गिरफ्तार भई रहेको वेला अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद भएको आइएजीपी सचिवालयका एसपी रमेश थापाले जानकारी दिएका छन ।

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर