Aamsanchar

प्रहरीको सक्रियता, झापामा १९ वटा चोरी भएको मोटरसाईल बरामत

Author Image
शुक्रवार, असार २०, २०७६

बिर्तामोड । झापाका विभिन्न सहर बजार र गाउँमा पछिल्लो समयमा मोटरसाइकल चोरी हुने घटना दिनप्रतिदिन बढेको छ । धेरैजसो विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक लगायतका क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका भएको भनी उजुरी पर्न थालेपछि झापा प्रहरीले चोरीमा सम्लग्न गिरोह पक्राउ गर्न विशेष टोली खटाईरहेको छ । यसैक्रममा प्रहरी कार्यालय झापाले यही महिनाभित्रै चोरीको १९ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १३ जनालाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक चोरीमा संलग्न व्यक्ति र चोरी भएको विभिन्न कम्पनीका मोटर सार्वजनिक गरिएको छ ।

प्रहरीको अनुसन्धान र सक्रियतामाबाट पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका २ बस्ने १९ वर्षीय विजय चौधरी, सोही नगरपालिका ८ बस्ने २२ वर्षीय रोविन राजवंशी, बाह्दशी गाउँपालिका ७ बस्ने १९ वर्षीय विनोद मुर्मु, सोही गाउँपालिका ६ बस्ने १९ वर्षीय करण चौधरी, कमल गाउँपालिका ४ बस्ने केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका १ बस्ने किरण भण्डारी रहेका छन् । त्यसैगरी, इलाम चुलाचुली गाउँपालिका २ बस्ने सन्त श्रेष्ठ, शिवसताक्षी ५ बस्ने रमेश ताजपुरीया, सोही ठाउँका प्रेमबहादुर रिमाल, गौरादह नगरपालिका बस्ने सन्त लिम्बु, सोही ठाउँका प्रकाश न्यौपाने, दमक नगरपालिका ४ बस्ने बसन राई र कमल गाउँपालिका १ बस्ने रामु दमाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीले जानकारी दिए ।

उनीहरूलाई प्रहरीले झापाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएको १९ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । बरामद गरिएको अधिकांश मोटरसाइकल बजाज कम्पनीको २२० सिसीको पल्सर रहेकोे छ । उनीहरूले चोरी गरिएको मोटरसाइकल पार्किङ स्थलबाट चोर्ने र नम्बर प्लेट परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बरामद गरिएको १९ वटा मोटरसाइकल मध्ये सात वटाको वास्तविक नम्बर खुलेको छ । मे ९ प ४५५५, को १० प २६५१, मे ८ प ९३८३, मे ११ प १०१२, मे ५ प ९३९१, को ३१ प ९७७७ र मे ७ प ७६६३ मोटरसाइकलको नम्बर खुलेको डिएपसी श्रेष्ठले बताए । नम्बर खुलेको मोटरसाइकल कानुन प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाउँछौ’, उनले भने, ‘धनीहरू कोही सम्पर्क आइसकेका छन् भने, कोही आउन बाँकी छ।’ नम्बर नखुलेको मोटरसाइकल यातायातबाट पहिचान गरी सम्बन्धित धनीलाई बुझाउने तयारीमा प्रहरी लागि परेको उनले बताए । यता पक्राउ परेका १३ जनालाई चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइ सकेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर