Aamsanchar

झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन

Author Image
मङ्गलवार, असार २४, २०७६


झापा । संघिय संरचनामा जादाँ नागरिकका आधारभूत आवसेकता पुराहुदै जान्छ भन्ने आशा बोकेर बसेका देशभरीका नागरिकले आशालाई यथार्थमा बदलिएको देख्न थालेका छन । बाटो,पुल,बिजुली लगायतका विभिद विकासका काम सुरु भएकाले नागरिकमा अव विकासले गति लिन्छ भन्ने भरोसा पलाएको पाईन्छ ।

झापालाई झट्ट हेर्दा विकास उन्मुख जिल्ला लाग्छ र भनिन्छ तर यथार्थमा झापामा मुख्य लोकमार्ग बाहेक अरु क्षेत्र विकासको हिसाबले निकै पछाडी छ । अझ दक्षिणी क्षेत्रको अवस्था त झन जटिल छ ।
यस बर्ष झापाको दुर्घम क्षेत्रमा विकास गर्न सांसद र प्रदेश सरकारको ध्यान बढी केन्द्रिय रहेको देखियो । प्रदेश नम्बर १ सरकारले झापा क्षेत्र नं ३ ‘क’ का लागि करिब १५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं ३ ‘क’ का प्रदेश साँसद् बसन्त बानियाँको पहलमा उक्त बजेट विनियोजन गरिएको हो ।

विनियोजित बजेट अन्तर्गत खानेपानीमा बनियानी ४५ लाख, बालुबाडी ७५ लाख, सुकुनाडिकी ५० लाख, केचना ३५ लाख, पथरिया ३० लाख, महेशपुर १५ लाख, पाठामारी १२ लाख रहेको छ यी सवै हाल कचनकवल गाउँपालिका क्षेत्रमा परेका छन् । त्यस्तै केचना डिप ट्वुबेलका लागि २५ लाख, भद्रपुर–महेशपुर डिप ट्वुबेलका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी बागाडाँगी उत्तर बालुबाडी–हल्दिबारी सडकका लागि पाँच करोड, सिगीमाटीबाट बालुबाडी–पथरिया जाने सडकका लागि ७६ लाख, कमलधाप संयुक्त धार्मिक स्थलका लागि एक करोड, बालउद्यान बनियानीका लागि ५० लाख, दियालो सिमसारका लागि ४० लाख, अन्धुवा खोला पुल, घेराबारीका लागि ५३ लाख, देवनीया खोला झोलुङ्गे पुलका लागि ३० लाख, केचना–सगरमाथा आधार शिविर जोड्ने सडकका लागि एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै घेराबारी खानेपानीका लागि २० लाख, मेची अञ्चल अस्पतालमा ज्येष्ठ नागरिकका लागि २० लाख, मेची अञ्चल अस्पताल सामाजिक सेवाका लागि २० लाख, मेची अञ्चल अस्पताल एकद्वार सडकका लागि १५ लाख, कचनकवल शहीद स्मृति प्रतिष्ठानका लागि १० लाख, सामुदायिक सेवा मञ्च भद्रपुरका लागि १५ लाख, सामुदायिक भवन बनियानीका लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै किच्चकबधका लागि १० लाख, देउनीया–पथरिया सिँचाईका लागि आठ लाख ४६ हजार, देउनीया खोला नियन्त्रण वडा नं १,२,७ र ८का लागि १२ लाख ५० हजार, आदर्श जनजागृति सिँचाई भद्रपुरका लागि १५ लाख, आपगाछी बाघडुंग्रा सिँचाईका लागि १५ लाख, त्रिवेणी पुल भद्रपुर–१ का लागि एक करोड ५० लाख र पाठामारी डिप बोरिङ् खानेपानीका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ ।

अन्य क्षेत्रको तुलनामा झापाको दक्षिणी भाग विकासको दृष्टिकोणले पछि परेकोले गत वर्ष देखि बजेट विनियोजन शुरु भएको साँसद् बानियाँले बताए । विकासलाइ समान तवरले हेरी प्राथमिकताका आधारमा बजेट विनियोजन हुनु पर्ने उनको बुझाइ थियो । बजेट बनाउँदा स्थानीय तहले पनि आवश्यक्तालाइ हेरेर रकम विनियोजन गर्न उनले सुझाव दिए । विश्वको अग्लो सगरमाथा र नेपालको होचो भू–भाग कचनकवल जोडन राष्ट्रिय गौरबको योजनाका लागि सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले सुनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर