Aamsanchar

केचनामा शिलन्यास, झापामा दुईबर्ष भित्र ६ बटा प्रहरी चौकी बन्ने

Author Image
बिहिवार, असार २६, २०७६

केचना । झापाको दक्षिणी क्षेत्र नेपालकै होचो ठाँउमा सीमा प्रहरी चौकी निर्माण हुने भएको छ । बुधबार सिमा सुरक्षा प्रहरीको लागि भवन शिलान्यास गरिएको छ । कचनकवल गाउँपालिका–४ मा निर्माण हुन लागेको तीन तले पक्की भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले गरेका छन् ।

प्रदेश नम्बर १ सरकारको रु १ करोड ६३ लाख ७५ हजारमा बन्न लागेको भवनको शियान्यास गर्दै उपरीक्षक मैनालीले समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरीले रातदिन नभरी खट्न निर्देशन दिए । उनले भने प्रदेश सरकारको सहयोगमा झापामा ६ वटा प्रहरी कार्यालय बन्न लागेको बताए ।

उनका अनुसार २ करोड ३३ लाख १३ हजारको लागतमा घैलाडुब्बा प्रहरी कार्यालय, २ करोड ३५ लाख ८७ हजारको लागतमा कुमरखोदस्थित प्रहरी कार्यालय, १ करोड २७ लाख २ हजारमा कोहबरा प्रहरी कार्यालय बन्ने तयारीमा रहेका छन् ।

सीमा नाकामा खटिने प्रहरीले सारा देशकै सुरक्षा स्थितिको प्रतिनिधित्व गर्ने हुँदा सीमित स्रोत साधन तथा भौतिक पूर्वाधारका बावजुद पनि सुरक्षा प्रदान गर्दै आईरहेकोमा प्रदेश सरकारको बजेट मार्फत सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुँदा हौसला प्राप्त भएको उपरीक्षक मैनालीको भनाई छ ।

भवनको निमार्ण कार्य एभरग्रीन कन्ट्रक्सन गरामनीले जिम्मा लिइएको र भवन निर्माण कार्य आर्थिक बर्ष २०७७/०७८ भित्रमा सकिने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार भवन, मेस, शौचालय,गेटलगायतका संरचनाहरु निर्माण हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)