Aamsanchar

मनसुन पुःन सक्रिय, पूर्व र मध्ये क्षेत्रमा भारी बर्षाको सम्भावना

Author Image
आइतवार, साउन ५, २०७६

साउन महिना त्यसैपनी झरी र बाढी पहिरोको महिना हो । केहिदिन अघिमात्र ठुलो जनधनको क्षती पुर्याएर रोकिएको बर्ष पुन मौसमी प्रणाली मनसुन न्यून चापीय रेखा भारतबाट नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको मात्रा बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीकाअनुसार हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा छ। त्यसैकारण नेपालमा क्रमशः मौसम बदली र वर्षा हुने क्रम बढ्दै गएको छ।देशको पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको र दिउँसो अन्य स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन्।

दिउँसो देशका केही स्थानमा वर्षा हुने सम्भावना छ, उनले भनिन्, दिउँसोभन्दा रातितिर बदली अझ सक्रिय हुने देखिएको छ, मध्य र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।

भोलि सोमबारबाट यो क्रम अझ बढ्ने उनको भनाइ छ। किनभने सोमबार राति न्यून चापीय रेखा नेपाल नजिकै आइपुग्ने र पर्सि मंगलबार बिहान नेपालै भित्रिने संकेत देखिएको छ। बासीकाअनुसार  भोलि रातिदेखि भारी वर्षा सुरु हुने देखिन्छ ।

Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर