Aamsanchar

रोटरी क्लव अफ बिर्तामोडको अध्यक्ष बनिन निकिता ( फोटोफिचर सहित )

Author Image
सोमवार, साउन ६, २०७६

बिनोद पाण्डे/आमसंचार

चारपाने, साउन ६ । आईतबार बिर्तामोडमा भएको एक भव्य समारोहका विच रोटरी क्लव अफ विर्तामोडको नयाँ नेतृत्वमा झापा विर्तामोडकी महिला नेतृ निकिता गिरीले अध्यक्षको पदभार ग्रहण गरेकी छिन ।

क्लवको १०औं तथा रोट्रयाक क्लब अफ बिर्तामोडको सातौँ पद हस्तान्तरण कार्यक्रम आइतबार साँझ संयुक्तरुपमा बिर्तामोडमा सम्पन्न भएको हो ।

पदहस्तान्तरण कार्यक्रममा चार्टर्ड प्रेसिडेण्ट कुमार गिरी र आइपिपि आमोद आचार्यले सन् २०१९/२०२० अध्यक्ष निकिता गिरीलाई अध्यक्षको पदभार ग्रहण गराएका थिए । उनलाई बिर्तामोड च्याप्टरको प्रमाण-पत्र र ग्यावल गन प्रदान गर्दै रोटरीको कलर पहिर्याएर पद भार ग्रहण गराईएको थियो । अध्यक्ष गिरीलाई प्रमुख एवं डिष्ट्रिक गभर्नर नोमिमी सन्तोष रिजालले पद तथा गोपनियताको सपथ गराएका थिए ।


आफूले सपथ लिएपछि अध्यक्ष गिरीले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी थिइन् भने पदभार ग्रहण गरेपश्चात अध्यक्ष गिरीले मिटिङको कल तथा निर्देशन दिएकी थिइन् । त्यसै गरि  अध्यक्ष निकिता गिरी नेतृत्व गठित कार्यसमितिको विभिन्न पदमा आमोद आचार्य, निर्मल भट्टराई, नविन गट्टानी, सुरेशकुमार अग्रवाल, राजकुमार पोखरेल,मीनप्रसाद मैनाली, वविता गिरी, त्यसैगरी विनोद बस्नेत, सुरेश बंशल, विनिता गट्टानी, जीतेन्द्र बस्नेत, कुमार गिरी, प्रकास शिवाकोटी लगायतका व्यक्तित्वहरु चयन भएका छन ।

मानव सेवा, सामाजिक सेवामा कृयाशिल अन्तराष्ट्रिय संस्थामा हाल नेपालमा लाखौ सदस्य बनिसकेका छन भने बिर्तामोड रोटरीक्लवमा ४७ जना सदस्य छन, झापामा ६ बटा शाखा क्रियाशिल रहेको छ ।

यसैबीच रोट्रयाक क्लब अफ बिर्तामोडको सन् २०१९÷२०२० अध्यक्ष राज मुखियालाई पनि च्याप्टरको प्रमाण पत्र र ग्यावल गन प्रदान गर्दै रोट्रयाकको कलर पहिर्याएर पद हस्तान्तरण गराइएको छ । प्रमुख अतिथि, क्लबका पीपीलगायतको उपस्थितिमा जोन १ रोट्रयाकका प्रतिनिधि हेनिज दासले पद तथा गोपनियताको सपथ गराएका थिए । नवनिर्वाचित अध्यक्षद्वय गिरी र मुखियाले आगामी वर्षको भावी योजना प्रस्तुत गरेका थिए । गिरीले आगामी दिनमा सवैक्षेत्रबाट सहयोग र सदभावको अपेक्षा समेत व्यक्त गरिन् ।

फोटोफिचर पनि हर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर