Aamsanchar

कर्मचारीसंग कड्किए, मुख्यमन्त्री राई

Author Image
सोमवार, साउन ६, २०७६

फोटो : गुगलमा फायल गरिएको

मोरङ । दिन प्रतिदिन खुलेआम कमिशन र घुस लिनेदिने काम भइरहेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अब त्यस्तो प्रवृत्ति रोक्नका लागि निर्देशन दिएका छन् ।

केही दिनअघि भोजपुरमा एक इञ्जिनियर घुससहित रंगेहात पक्राउ परेको घटना सार्वजनिक भएको र अन्य बिषयहरुमा पनि आफुलाई निरन्तर सुचना आइरहेको भन्दै मुख्यमन्त्री राईले घुस, कमिशन र सेटिङ अन्त्य गर्न कडा निर्देशन दिएका हुन् ।

उनले त्यस्तो काम कस्को आडमा भइरहेको छ ? भन्ने प्रश्न गर्दै आफुलाई जानकारी गराउन पनि सार्वजनिकरुपमा आह्वान गरेका छन् । प्रदेशको वन मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिञ्चाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई विराटनगर झिकाएर मुख्यमन्त्री उनीहरुमाथि खरो उत्रिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर