मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएकोपनि भय रहनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामापनि खर्च बढ्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक यात्राको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमापनि प्रगती हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । स्वास्थ्यमा समस्या आउला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला ।

