Aamsanchar

नेकपामा कुन आयोग कसको भागमा ?

Author Image
आइतवार, साउन १२, २०७६

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको सहमति अनुसार तत्कालिन एमालेको भागमा लेखा आयोग र निर्वाचन आयोग परेका छन् । तत्कालिन माओवादीको भागमा अनुशासन आयोग परेको छ । तर, अनुशासन आयोग तत्कालिन माओवादीको भागमा परेपनि तत्कालिन निर्वाचन आयोग दिएर अनुशासन आयोग माग्ने छलफल तत्कालिन एमालेका शिर्ष नेताहरुबीच भएको एक नेताले बताए । तत्कालिन एमालेका केही नेता अनुशासन आयोगको प्रमुखमा अमृत बोहरा र लेखा आयोगको प्रमुखमा पुष्प कँडेललाई बनाउन चाहेको भएपनि सहमति जुटिनसकेको ति नेताले बताए ।

सोमबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुने भएको छ । यदि अनुशासन आयोग तत्कालिन एमालेले लिएको खण्डमा तत्कालिन माओवादीले निर्वाचन आयोग प्रमुख अमिक शेरचनलाई बनाउने सहमति गरेको छ । यस्तै सल्लाहकार परिषदको अध्यक्षमा तत्कालिन एमालेका नेता केशव बडाल र जेष्ठ कम्युनिष्ट मञ्चमा तत्कालिन माओवादीका नन्दकुमार प्रसाइको नाम प्रस्ताव हुने भएको छ ।

स्कूल विभागमा विवाद कायमनै

अन्य विभागमा सहमति जुटेपनि स्कूल विभाग तत्कालिन कुन पार्टीले लिने भन्ने विवाद कायमनै छ । स्रोतका अनुसार बिहिबार वालुवाटारमा बसेको तत्कालिन एमालेका नेताहरुको बैठकले सकेसम्म स्कूल विभाग लिनेगरी प्रयास गर्ने निर्णय गरेका छन् । बैठकमा सहभागि एक नेताका अनुसार उक्त बैठकमा अध्यक्ष ओलीले नेता पोख्रेललाई स्कूल विभाग प्रमुख बनाउन ६ नेताको एकमत हुनुपर्ने प्रस्ताव राखेका थिए । तर, बैठकमा सहभागि नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र नेता वामदेव गौतमले स्कूल विभागको विवाद अध्यक्षद्वयलेनै मिलाउन भन्दै पन्छिएको ति नेताले बताए ।

यस्तै साउन ५ गते प्रचण्ड निवास खुमलटारमा बसेको तत्कालिन माओवादीका शिर्ष नेताहरुको बैठकले स्कूल विभागमा आफ्नो अडान नछाड्ने निर्णय गरेको थियो । शनिबार फेरी बसेको बैठकले पनि सोही निर्णय दोहोराहएको छ । तत्कालिन माओवादीको तर्फबाट स्कूल विभागमा नेता नारायणकाजी श्रेष्ठको दावी रहँदै आएको छ ।

आईतबार वालुवाटारमा भएको अध्यक्षद्वयको भेटमा नेता श्रेष्ठ र पोख्रेलले दावी नछाडे तत्कालका लागि स्कूल विभाग दुई अध्यक्षलेनै राख्ने र उपप्रमुख एक नेतालाई दिने गरी छलफल भएको छ । यद्यपि यसबारे सचिवालयमा पनि छलफल हुने भएको छ ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर