Aamsanchar

सार्वजनिक सम्पत्ति मुलुकको गहना हो, यसको संरक्षण गर्नमा सरकार दृढ छ- रक्षामन्त्री

Author Image
शनिवार, साउन १८, २०७६

काठमाडौँ, 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताउनुभएको छ । आज काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण गर्दै उहाँले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको सार्वजनिक जग्गा जोगाउनका लागि एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

“सार्वजनिक सम्पत्ति मुलुकको गहना भएकाले जोगाउन पार्टीको विचार जो जहाँ भए पनि संरक्षणमा एकताबद्ध हुनुपर्दछ”, उहाँले भन्नुभयो, “सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्दछ ।”

अतिक्रमण जग्गाको संरक्षण गर्नका लागि स्थानीय तहको पहिलो प्राथमिकता रहेको समेत धारणा राख्नुभयो । उपप्रधानमन्त्री पोखरेलले उद्यानले वातारणीय पर्यावारण राख्न समेत सहयोग मिल्ने बताउनुभयो ।

कार्यक्रममा सांसद कृष्ण राईले उद्यानले वरपर क्षेत्रका बालबालिका, वृद्धावृद्धालाई खेल्ने ठाउँ हुने बताउनुभयो । प्रदेश सांसद रामेश्वर फुँयालले उपत्यकामा हरियालीसहितको उद्यान बनाएर प्रदूषण नियन्त्रण गर्न सहयोग मिल्ने बताउनुभयो ।

उद्यान विकास समितिका अध्यक्ष ज्योति लामाका अनुसार करीब १५ रोपनी चार आनामा उक्त उद्यान महानगरपालिकाको रु ५० लाख सहयोगमा निर्माण गरिएको हो । यसैगरी सोही अवसरमा उपप्रधानमन्त्री पोखरेलले बिरुवासमेत रोप्नुभयो । करीब ५०० बिरुवा सोही उद्यान वरिपरि रोपिएको थियो ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर