Aamsanchar

रोटरी क्लव, रोट्रयाक बिर्तामोड मिटटाउनमा शिव र विवेक

Author Image
आइतवार, साउन १९, २०७६

( लक्ष्मी उप्रेती )

फोटो : बिनोद पाण्डे/आमसंचार

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको छैठौं तथा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको पाचौँ पद हस्तान्तरण कार्यक्रम शनिबार संयुक्तरुपमा सम्पन्न भएको छ ।बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०१९/२०२० का अध्यक्ष शिवकुमार अग्रवाललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराएलगत्तै नवनियुक्त अध्यक्ष अग्रवाललाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

रोटरीको सिद्घान्त अनुसार चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवालले नवनियुक्त अध्यक्ष अग्रवाललाई बिर्तामोड मिडटाउनको च्याप्टर प्रमाणपत्र तथा आइपिपि पास्ट प्रेसिडेण्ट शुभ कुमाई पाठकले ग्यावल गन प्रदान गरेकी थिइन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सन् २०१९/२०२० अध्यक्ष अग्रवालले सपथ ग्रहणसहित पदभार ग्रहण गरेलगत्तै मिटिङको कल तथा निर्देशन गरेका थिए ।आफूले सपथ लिएपछि उनले अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिसहित अन्य रोटरियनहरुले रोटरीको पिन प्रदान गरेका थिए ।

रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०१९/२०२० अध्यक्ष विवेक कोइरालालाई रोट्रयाकका असिष्टेण्ट डिष्ट्रिक सेक्रेटरी सन्नी गोयलले रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराएलगत्तै नवनियुक्त अध्यक्ष कोइरालालाई पद तथा गोपनीयताको सपथ गराएका थिए । गोयलले नवनियुक्त अध्यक्षलाई बिर्तामोड मिडटाउनको च्याप्टरको प्रमाणपत्र प्रदान गरेका थिए । त्यसपछि उनले आफ्नो टिमका सबै पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।रोटरी क्लब अफ बिर्तामाड मिडटाउनका आइपीपी पाठकले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् भने रोशन बुढाथोकीले रोटरी र रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनले सन् २०१८/२०१९ मा भए गरेका कामको चर्चा गरेका थिए ।

उनले सो अवधिको सवै गतिविधि प्रोजेक्टरको माध्यमबाट प्रस्तुत गरेका थिए ।कार्यक्रममा नवनिर्वाचित अध्यक्षद्वय अग्रवाल र कोइरालाले आगामी वर्षको भावी योजना प्रस्तुत गरेका थिए । अग्रवालले आगामी दिनमा सबै क्षेत्रबाट सहयोग र सद्भावको अपेक्षासमेत व्यक्त गरेका थिए । यो वर्ष रोटरीमा ६ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा मिडटाउनका मेम्वर कमिटी चियर पर्सन सिद्घार्थ नवीन उप्रेतीले विवरण प्रस्तुत गरेका थिए । नयाँ सदस्य प्राप्त गर्नेमा सुभास भट्टराई, बुद्घि घिमिरे, मुकेश वर्मा, शान्ता रिजाल, पवन गोयल र होम कार्की छन् ।उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि एजी असिष्टेण्ड गभर्नर कुमार गिरीले इन्टरडक्सन गराएका थिए । पद तथा गोपनीयताको सपथसँगै सबैलाई प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरीको पिन तथा पास्ट डिष्ट्रिक सेक्रेटरी पीडीएस प्रफुल्लमान श्रेष्ठले बुकी प्रदान गरेका थिए ।

पुष्पाञ्जली सिन्हाले प्रमुख अतिथि पीडीजी दिलेन्द्रराज श्रेष्ठको व्यक्तित्वका बारेमा प्रकाश पारेकी थिइन् । रोटरीका सचिव सुमन शर्मा जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा प्रेसिडेण्ट इलेक्ट प्रशान्त भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।रोटरीका सन् २०१९/२०२० अध्यक्ष शिवकुमार अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि श्रेष्ठ, गिरी, भूमिका पोखरेललगायले सम्बोधन गरेका थिए । उनीहरुले रोटरीले स्वास्थ्य, शिक्षालगायतका विषयमा पुर्याएको योदानको चर्चा गदैं हरेक व्यक्ति आफ्नो स्वार्थभन्दा माथि उठेर समाजका लागि केही रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मिड टाउनका दिनेश पोखरेलल टोस्ट प्रोेपोजल प्रस्तुत गरेका थिए ।कार्यक्रममा बिर्तामोड, भद्रपुर, दमक, सुरुङ्गा, विराटनगरतथा भारत सिलिगुडीका रोटरी तथा रोट्रयाक, विभिन्न राजनीतिक दल, संघसंगठन तथा बैंकका प्रमुख प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरले गीत प्रस्तुत गररेका थिए । मिडटाउनका पव्लिक इमेज चियर गजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गरे ।सन् १९०५ फेब्रुअरी २३ तारिखमा अमेरिकाको सिकागो सहरमा पावल ह्यारिससहित अन्य चार जना मिलेर स्थापना भएको रोटरी अहिले विश्वभरका १६६ वटाभन्दा बढी देशमा फैलिएको छ । विश्वभर ३५ हजारभन्दा बढी क्लबहरु छन् । विश्वभर रोटरीका १ दशमलव २ मिलियन यसका सदस्य छन् । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा समेत लिने गरेका छन् ।हरेक वर्ष जुलाई १ तारिख विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछन् । झापामा यो अवधिमा रोटरी क्लब अफ काँकरभिट्टा, बिर्तामोड, बिर्तामोड मिडटाउन, भद्रपुर, सुरुङ्गा तथा दमकको पद हस्तान्तरण भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर