
विराटनगर र प्रदेश १ को राजधानी बिराटनगर उपमहानगरपालिका –९ स्थित मेट्रोसिटी होटल एण्ड गीत गजलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक विराटनगरमा खाद्यको व्यापार गर्ने कारवारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्ने योजनामा परिचालन भएका केही व्यक्तीहरु गिरफतार भएका छन ।
मोरङ प्रहरीको नियन्त्रण पछि अनुसन्धानमा रहेका भारत सीतामणी ग्रामपञ्चायतका २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरेपछि भारतीय पाँच लाखको रकम सम्झौतामा हतियारसहित व्यापारी रायको हत्या गर्न आएको अनुसन्धानबाट खुलेको हो ।

मुख्य नाइके विराटनगरका मन्नु गुप्ता
भारतीय सापसुटर प्रयोग गरि व्यापारी रायको हत्या गराउन लगाउने मुख्य नाइके विराटनगरका मन्नु कुमार गुप्ता रहेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारी जानकारी दिए । अनुसन्धानबाट हत्या गराउन लगाउने मुख्य नाइके ३१ वर्षीय गुप्ता रहेको खुलेपछि प्रहरीले विराटनगरबाट २ असारमा पक्राउ गरेका थियो । गुप्ता पनि खाद्यान्यको कारोबार गर्ने विराटनगरका व्यापारी हुन् । व्यापारीको हत्या गराउन सापसुटर प्रयोग गर्ने पनि व्यापारीनै रहेको खुलेको छ ।
हत्याको योजना बनाए सापसुटर पठाउने सर्लाही गौढैचा नगरपालिका – १ का ५० वर्षीय हरीनारयण झालाई पनि प्रहरीले सर्लाहीबाट असार ३ गते पक्राउ गरेको एसपी अधिकारीले बताए । यस घटनामा पाँच जनाको संलग्न रहेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए । जसमध्ये तीन जना पक्राउ परेका छन् भने अन्य २ जना फरार रहेका छन् । फरार हुने सिंहसहित व्यापारीको हत्या गर्न आउने सापसुटर रौनियार र भारतदेखि सापसुटर ल्याएर आउने राकेश झा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको पनि खोजी कार्य तीव्र बनाएको छ ।

यसरी बन्यो हत्याको योजना
व्यापारी रायको हत्या गर्ने योजना गुप्ताले सबैभन्दा पहिला सर्लाहीका हरिनारयण झालाई सुनाएका थिए । झा यस अघि पनि कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् भने गुप्ता जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । झा र गुप्ताको चिनजान कैद जीवन विताउँदा सुनसरीस्थित झुम्का कारागारमा भएको हो । व्यापारी रायको हत्या गर्ने योजना गुप्ताले झालाई सुनाए । भारू पाँच लाख रूपैयाँ दिने हो भने सापसुटर झिकाएर काम फत्ते गरिदिने गुप्तालाई झाले विश्वास दिलाए । पाँच लाख दिन गुप्ता तयार भए । झा भारततर्फ उनका गाउँले भाई राकेश झालाई लिएर सापसुटरको खोजीमा हिड्दा । भारतको सितामढीमा हरिनारयण र राकेशको भेट सापसुटर कुनालकुमार सिंह र राजु कुमार रौनियारसँग हुन्छ । सितामढीमा बसेर गत जेठको अन्तिम सात व्यापारी रायको हत्याको योजना बनुेका थिए ।

यसरी पक्राउ परेका थिए भारतीय सापसुटर
व्यापारीको हत्याको योजना बनाएपछि २ थान पेस्तोल र ७ राउण्ड गोली लिएर सापसुटर कुनालकुमार र राजुकुमारलाई भारतको सितामढीबाट नेपाल आए । २६ जेठमा विहान सितामगढीबाट रिक्सा चढेर नेपालको गौर आइपुग्छन् । त्यहाँ उनीहरू बस चढेर सोही दिन साँझ विराटनगर बसपार्कमा आइपुगे । विराटनगर आए पछि राकेशको सम्पर्कमा सापसुटर हुन्छन् । त्यस रात उनीहरू विराटनगरस्थित मेट्रोसिटी होटल एण्ड गीत गजलमा बसेका थिए । भोलीपल्ट जेठ २७ गते विहान ६ बजे राजेशले लिएर व्यापारी रायको हत्या गर्न सापसुटर लिएर गए । त्यस दिन व्यापारी राय घरमा हुदैन् । उनीहरूले घरमा नभेटिएपछि पुन सोही होटलमा फर्किएका थिए । राकेशले सापसुटर सिंह र रौनियारलाई ६/६ हजार रुपैयाँ दिएका थिए । सो रात उनीहरू गजलमा मस्ती गर्ने योजना बनाएर मदिराको नशामा नाचगानमा व्यस्त भए । नाच्ने क्रममा होटलका स्टापले सापसुटर कुनालकुमारको कम्बरमा भिरेको अवस्थामा पेस्तोल देखेका थिए । होटलका संचालकले तत्काल मोरङ प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीको टोलीले पेस्तोलसहित कुनालकुमारलाई पक्राउ गरेको थियो भने राजुकुमार फरार भए । हाल पनि राजुकुमार फरार छन् । पक्राउ परेका सापसुटर सिंह, हत्याको मुख्य योजनाकार गुप्ता र सापसुटर झिकाउने हरिनारयणलाई प्रहरीेले मंंगलबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।


