Aamsanchar

कर्मचारीको ढिलासुस्तीका कारण उपभोक्ताले घेरे बिर्तामोड प्राधिकरण

Author Image
सोमवार, साउन २७, २०७६

चारपाने, साउन २७ ।  दैनिक रुपमा गर्मी बढ्दै गइरहेका बेला नेपाल विद्युत प्राधिकरण अनारमनी शाखाले झापाको लक्ष्मीपुरमा भोल्टेजमा सुधार नगरको भन्दै स्थिानीयले प्राधिकरण घेराउ गरेका छन् ।

कनकाई नगरपालिका– मा रहेको लक्ष्मीपुर क्षेत्रमा भोल्टेज नहुदाँ मोबाइल चार्ज गर्न समेत समस्या भएको तर विद्युत प्राधिकरणका कर्मचारीलाई पटक–पटक जानकारी गराएपनि कर्मचारीले काम गरेको भन्दै स्थानीयले सोमबार प्राधिकरण घेराउ गरेका हुन् ।
वडा कार्यालय मार्फत कर्मचारीलाई आग्रह गर्दापनि विद्युतका कर्मचारीले वास्ता गरेको कनकानई नगरपालिका वडा नं. ८ मा वडाध्यक्ष प्रेमकहादुर कटवालले बताए । उनले भने–यहाँको समस्याको विषयमा कर्मचारीलाई जानकारी गराउन खोज्यो कहिले फोन उठ्दैन कहिले तार छैन भन्ने बहाना गर्छन् ।

विद्युत प्राधिकरणका कर्मचारीले वास्तागरेपछि वडाध्यक्ष सहित स्थानीयले प्राधिकरणका कर्मचारीलाई घाममा राखेर विद्युत नहुँदाको डिा बोध गराउने धम्की दिएपछि कर्मचारीले तत्काल समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । तार नभएको बहाना गरेपनि प्राधिकरणको परिसरमा विद्युत तार फेला पारेपछि कर्मचारीले रकम खोजेको भन्दै स्थानीय आक्रोशित भएका थिए । सम्भावित घटनालाई मध्यनजर गर्दै बिर्तामोड प्रहरीले उच्च सुरक्षा सर्तकता अप्नाएको थियो ।

काम गर्ने प्रातिबद्धतासंगै कर्मचारी त्यस तर्फ हिडेपछि स्थानीय पनि कर्मचारीसंग समस्या समाधान हुने आशामा घर फर्किएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर