काठमाडौं।
ब्राजिलमा भिषण आगलागी भएको छ । बिबिसीका अनुसार ब्राजिलको धेरै पानी पर्ने अमेजन वन क्षेत्रमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेलो लागेको हो ।
ब्राजिलको अन्तरिक्ष निकाय नेसनल इन्स्टिट्युट फर स्पेस रिसर्च ९आइएनपीई०काअनुसार गत वर्षभन्दा यस वर्ष डढेलो अहिलेसम्मकै सर्वाधिक अर्थात यो वर्ष मात्रै ८३ प्रतिशतले बढेको छ ।
राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरे लगत्तै सार्वजनिक भएको नयाँ तथ्यांकले अहिल ब्राजिलमा र्खैलाबैला नै मच्चिएको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार वनमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो । जनवरीदेखि अगस्ट महिनाबीच ७२ हजारओटा डढेलो लागेको बिबिसीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 125