Aamsanchar

हुलाकी राजमार्गको निर्माण पूरा नहुँदै भत्कियो पुल

Author Image
शुक्रवार, भदौ ६, २०७६


राजविराज र हुलाकी राजमार्ग अन्तर्गत सप्तरी खण्डमा गुणस्तरहीन पुल निर्माण भएको पाइएको छ । बोदे बरसाइन नगरपालिका–५ जाँजरस्थित खडक नदीमा निर्माणाधीन पुल भत्किएपछि गुणस्तरहीन निर्माण भएको खुलेको हो ।यो सडक खण्डमा पुल निर्माणको जिम्मा बागमती निर्माण सेवाले पाएको छ । सम्झौताअनुसार कम्पनीले १२ ओटा पुल बनाउनुपर्नेछ । तर सम्झौता भएको २ वर्ष बित्न लाग्दा पनि एउटै पुल सम्पन्न भएको छैन । यस्तै निर्माणाधीन पुलसमेत सामान्य बाढीले नै भत्किएको छ ।

गुणस्तहीन सामग्री प्रयोग गरेकाले सम्पन्न नहुँदै पुल भत्किएको स्थानीयको आरोप छ । ‘निर्माण थालिएसँगै गुणस्तरमा ध्यान दिन कम्पनीलाई पटक पटक आग्रह र्गयौं,’ स्थानीय दिनेश्वरप्रसाद खत्वेले भने, ‘तर ठेकेदार कम्पनीले यसलाई गम्भीरतापूर्वक नै लिएन ।’ उक्त पुलमा प्रयोग भएको सामग्रीको गुणस्तर जाँच हुनुपर्ने माग उनले गरे ।

यता, पुल निर्माण कम्पनीका राजदेवकुमार यादवले भने निर्माणको क्रममा नदीमा आएको ठूलो बाढीले पुल भत्किएको बताए । ‘पुलमा प्रयोग गरिएको निर्माण सामग्री गुणस्तरीय छ,’ उनले भने । हुलाकी राजमार्ग अन्तर्गत सडकको मध्य प्वाइन्टबाट दुवैतर्फ १५–१५ मिटर जग्गा अधिग्रहण गरी ११ मिटरमा २ लेन निर्माण भइरहेको छ ।

वर्षौंको प्रतीक्षापछि बन्न लागेको हुलाकी राजमार्गले सर्वसाधारणमा खुशी थपिए पनि निर्माण कम्पनीको रबैयाले निराश पारेको स्थानीय पप्पु यादवले गुनासो गरे । ‘सडक तथा पुल भने वर्षायाममा हिलो र हिउँदमा धूलोको समस्याबाट राहत मिल्नेथियो,’ उनले भने, ‘काम सकिने टुंगो छैन ।’ राजमार्गसँग तराईका बासिन्दाको समृद्धि समेत जोडिएकाले निर्माणको अनुगमन गर्न सम्बन्धित निकायलाई उनले आग्रह समेत गरे ।

जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत ४० किलोमिटर सडक निर्माण भइरहेको छ, जसको लागत रू। २ अर्ब छ । राजविराजदेखि पूर्व ९कञ्चनपुरसम्म०तर्फको सडक खण्ड व्रजगुरु कन्स्ट्रक्शन र राजविराजदेखि पश्चिम ९बलान नदीसम्म०तर्फको सडक खण्ड रौताहा श्रेष्ठ दिवा जेभीले निर्माणको ठेक्का पाएको छ । २०७४ पुस १४ मा भएको सम्झौतामा सडक निर्माण २०७७ असार २८ भित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर