एजेन्सी । गरिव जनाता उपचार नपाएर गरिरहने नेता र्सासद उपचार गर्न विदेश जाने ? आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई जनताले कुटेका छन् ।
स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि कुटपिट गरिएको हो ।
जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि कुटपिट गरेका हुन् । उपचारसँगै जर्मनमा रहेका आफ्ना देशका नागरिकसँग भेटघाट गर्न जर्मन पुगेका उपप्रमुखलाई ‘तलाई लाज लाग्दैन्, आफ्नो देश फर्केर अस्पताल बना’ भन्दै विमानस्थलमै कुटपिट गरेका हुन् ।
उक्त आक्रमणपछि राजनीति दलका नेताहरूलाई विदेश भ्रमणमा जाँदा सचेत रहन नाइजेरिया सरकारले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 189