बिर्तामोड । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम जनता संग सिधाकुराका प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएपछि छुटेका हुन ।
रवि समर्थकले विर्तामोडलाई गुन्जयमान बनाए
केही दिन देखि बिर्तामोडमा दैनिक रुपमा रविको रिहाई र शालिगकग्रा लाई न्यायदे भन्दै शान्तिपूर्ण आन्दोल गर्दै आएका रवि समर्थकले मुख्य सडकमै नाचगान र र्याली गरेर खुशियाली मनाएका छन । ५ बजे देखि सडमा उभिएर विभिन्न राष्ट्रभक्ती गित र नाराले गुन्जयमान बनाउदै रवि रिहाई हुने समय कुरेर बसेका थिए । बेलुका ६ बजे पछि तिनै जना रिहा भएको आधिकारकि समाचार आएपछि हजारौं सर्वसाधारणले खुशी व्यक्त गरेका थिए ।
रवि रिहाईको समाचार बाहिर नआन्जेल सिमित संख्यामा रहेको जुलुसमा एकाएक रवि रिहा भएको खबर संगै यत्रतत्र रहेका नागरिकहरु जुलुसमा सामेल भएका थिए ।