Aamsanchar

जनता खाडीमा, सांसद गाडीमा

Author Image
मङ्गलवार, भदौ १०, २०७६

काठमाडौँ – प्रतिनिधसभाका सांसदले आफूहरुलाई पनि गाडी सुविधा दिइनुपर्ने माग राखेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफूहरुलाई गाडी सुविधा दिइनुपर्ने बताएकी हुन् । उनले सांसद उच्चस्तरको जनप्रतिनिधि रहेको र सरकारले आफूहरुलाई मर्यादाक्रममा ८ ‌औँ वरीयतामा राखे पनि एउटा स्थानीय तहको प्रमुखसरह पनि सरकारी गाडी सुविधा नपाइएको भन्दै गुनासो गरिन् ।

उनले भनिन्, ुगाडी सुविधा नदिँदा ट्राफिक जाम लगायत सार्वजनिक यातायातको भर पर्नुपर्ने र रातदिन टेम्पोमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ। सांसद गुरुङले संसद् र समिति बैठकका अलावा आफ्नो क्षेत्रका जनसरोकारको सेवामा मन्त्रीसरह नै रातदिन खटिनुपर्ने बाध्यता भएकाले पनि गाडी सुविधा आवश्यक रहेको बताएकी हुन्।

उनले सांसदहरुको सुरक्षा, कार्यक्षेत्र र मर्म र भावनालाई आत्मसात गरेर सरकारी गाडीको सुविधा उपलब्ध गराइयोस् भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।समाजवादी पार्टीका समानुपातिक सांसद गुरुङ अन्तर्राष्ट्रिय समबन्ध समितिकी सदस्य हुन्।

सांसदहरुलाई सरकारले ६५ हजार १ सय ७१ रुपैयाँ तलबसहित विभिन्न सुविधाहरु दिँदै आएको छ।संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ ले सांसदहरुलाई यातायात खर्च बापत् दैनिक एक हजारको व्यवस्था गरेको छ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर