चारपाने, भदौ ११ । झापाको विर्तामोड नगरपालिका वडा नं २ रामचोकमा रहेको पुरानो चौतारो मासेर प्रहरी स्थाई विट बनाईएको छ ।
आजभन्दा ३६ बर्ष अघी सवारी साधनको अत्यन्तै कमी र धेरै सर्वसाधारण सवारी साधन प्रयोगको पहुचमा नपुगिसकेकोे अवस्थामा लामोदुरीसम्म पनि बटुवाहरु हिडने गर्थे । २०४० सालमा सामाजिक सेवा भावले त्यतीखेर प्रदिप एण्ड कम्पनी, नविन एण्ड कम्पनी, जनप्रिय ईटा र लोकप्रिय ईटा उद्योगको संयुक्त लगानीमा निर्माण गरिएको चौतारो तत्कालिन प्रधानपञ्च गोविन्द बस्नतेले शिलन्यास गरेका थिए र सन्तलाल गट्टानीले उद्घाटन गरेकोे यस चौतारोमा हजारौं बटुवाको विश्राम स्थल बन्यो यही ठाउँमा रामचोक बासीले धेरैवटा ठुलाठुला धार्मिक र सामाजिक कार्यक्रम पनि सम्पन्न गरेका थिए ।
अहिले लामो दुरीका सार्वजनिक सवारी पनि धेरै निजी सवारी घरै पिछे र साईकल रिक्सा लगायतका साधन नभएको ठाउँ र गाउँ सायदै छैन अहिले, यस चौतारोमा बटुवा पनि आउन छोडे र पहिले पहिले स्थानियहरु भेला भएर गफगाफ गर्ने थलो बनेको चौतारो अहिले हरेक घरमा टेलिभिजन, ईन्टरनेट अनि बोवाईल भएर होला गाउँघरका मानिस पनि चौतारोमा भेला हुन छोडेका छन, चौतारी प्राय मानिस विनाको उदास भएको थियो ।
चौतारोको उदास र एक्लो पनलाई फाईदा उठान केही बारिबाट आउने उसृङखल मानिसले चौतारोलाई लागुपदार्थ, दुर्वेसनी प्रयोग गर्नेे अखडा बनाउन थालेपनि गाउँ समाजमा हुन सक्ने विभिन्न बिकृतिलार्ई रोक्न र सवारी दुर्घटना न्युनिकरण गराउने उदेश्यले स्थानियको पहलमा रामचोक चौतारोलाई बुधबारबाट अस्थाई प्रहरी विट बनाईएको स्थानिय सामाजिक अगुवा दिनानाथ सिग्देलले बताए ।
चारपाने अर्जुनधारा विकास समाजको पहलमा औपचारिक प्रहरी विट उदघाटन गरिएको छ । समाजका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र संग्रौलाले रिवन काटेर विटको उदघाटन गरेका थिए । स्थानिय सहयोगी दाताहरुले कुर्सी, टेवल, पंखा, टेलिफोन लगायतका भौतिक सामान विटलाई उपलब्ध गराएका छन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहन थापा, जिल्ला ट्राफिक प्रहरी प्रमुख होमपसाद अधिकारी, स्थानिय समाजसेवी लोकनाथ खनाल, राजेन्द्रकुमार थापा लगायत १ सय ३ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन समाजका सचिव भरत भट्टराईले गरेका थिए भने स्वागत उपाध्यक्ष माधव सिटौलाले गरेका थिए ।