Aamsanchar

बिर्तामोडमा २० करोडको प्लाजासहित यूरोप मापदण्डको दुई फिल्म हल

Author Image
आइतवार, भदौ १२, २०७३

sine plajaa
[भदौ १७ बाट पाथीभरा सिने प्लाजामा दुई फिल्म प्रदर्शन]
बिर्तामोड ।
झापाको बिर्तामोड–१ मा यसै साता आधुनिक सुविधा सम्पन्न दुईवटा सिनेमा हल सञ्चालनमा आउने भएको छ ।
बिर्तामोडमा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त सिनेमा हल भदौ १७ गतेबाट सञ्चालनमा आउने शनिबार पत्रकार भेटघाटमा जानकारी दिइयो । हलमा उत्कृष्ट नेपाली र हिन्दी चलचित्र प्रदर्शन गरिने छ ।
२० करोड रुपैयााको लागतमा निर्मित पाथीभरा सिने प्लाजाको सिनेमा हलको मात्र लागत ५ करोड रुपैयाा बढी रहेको भगवती आवास कम्पनीका अध्यक्ष युवराज प्रसाईले जानकारी दिए । उक्त कम्पनीले शो प्लाजा बनाएको हो ।
उक्त सिनेमा हल मध्ये एउटा २ सय ५२ जना र अर्को १ सय ८० जना सिट क्षमताको छ । क्याविनमा ३० वटा सिट रहेको जानकारी दिइयो । पूर्णरुपमा एसी जडान गरिएको सिनेमा हलमा आधुनिक टू के प्रविधिको प्रोजेक्टर, डल्वी सरउण्ड साउण्ड सिष्टम पुस बेक, आरामदायी सिट रहेको प्लाजाका सञ्चालक इञ्जिनियर अनुज पराजुलीले बताए ।
अमेरिका र जापानबाट झिकाइएको प्रविधिबाट निर्मित सिनेमा हल युरेपियन मापदण्डको रहेको बताइएको छ । सिसि क्यामेरासहित पूर्णरुपमा सुरक्षा प्रबन्ध गरिएको जनाइएको छ ।
पाथीभरा सिने प्लाजा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सिनेमा हलसहितको प्लाजामा सपिङ कम्प्लेक्स, पार्टी प्यालेस, लज र रेष्टुरेण्ट समेत रहने अध्यक्ष प्रसाईले बताए ।
प्लाजासागै चारतले अर्को भवन निर्माण भइरहेको छ, जसमा रेष्टुरेण्ट, होटल र आधुनिक पार्टी प्यालेस निर्माण हुने बताइएको छ । पाथीभरा सिने प्लाजालाई सुरक्षित गन्तव्य बनाउन अग्नी नियन्त्रक प्रविधि, सुरक्षा लगायतको व्यवस्था गरिएको छ ।
कम्पनीका सञ्चालक एकराज उप्रेतीका अनुसार भदौ १७ बाट दिनको ४ शोसम्म उक्त हलमा चलचित्र प्रर्दशनी हुने बताइएको छ । चलचित्र हेर्न जानेले खानेकुरा लगायतका सामग्री हलभित्र लैजान नपाउने व्यवस्था मिलाइएको छ । सुरक्षा र सरसफाईका दृष्टिकोणले त्यसो गरिएको अध्यक्ष प्रसाईले बताए । त्यहाा जानेहरुका लागि इच्छाअनुसारको खानेकुरा उपलब्ध गराउन प्लाजाभित्रै ‘फुडकोट’ को व्यवस्थापन गरिएको छ । तत्काललाई सिनेमा हल र फुडकोटमात्र सञ्चालनमा आएपनि वर्षदिनभित्रै सपिङ कम्प्लेक्स पूर्णरुपमा सञ्चालन आउने सो अवसरमा जानकारी दिइयो ।
पार्किङसहितको सपिङ कम्प्लेक्समा बालबालिकाकालागि खेल्ने छुट्टै व्यवस्था समेत गरिने बताइएको छ । ‘एक वर्षअघि जग्गा प्लटिङ गर्दा हामीले पत्रकार सम्मेलनमार्फत गरेको प्रतिबद्धता पूरा गर्‍यौ’– अध्यक्ष प्रसाईले भने– ‘यो सिनेमा हल मुलुककै सुविधासम्पन्न र ए ग्रेडको हुनेछ ।’ प्रत्येक शनिबार बिहान विद्यार्थीका लागि ३० प्रतिशत छुटमा चलचित्र देखाइने जनाइएको छ ।
चलचित्र हेर्नका लागि टिकट दर ३ सय रुपैयाा तोकिएको छ । बिर्तामोडको अतिथि सदनबाट उत्तर तथा अग्रसेन भवनको पश्चिम, पाथीभरा मन्दिर नजिकै भगवती आवास क्षेत्रमा उक्त प्लाजा रहेको छ ।
बिर्तामोड तथा मुलुकका विभिन्न क्षेत्रमा जग्गा प्लटिङ गर्नेहरुले चिल्ड्रेन पार्क तथा अन्य विभिन्न पूर्वाधार निर्माण गर्ने भनि गलत प्रचार गरेर जग्गा बिक्री गरिरहेका बेला भगवती आवास कम्पनीले भने जग्गा बिक्री गरिसक्नु पूर्व नै त्यहाा निर्माण हुने भौतिक संरचना बनाएको छ ।
विभिन्न पूर्वाधार निर्माण गर्ने भनि जग्गा प्लटिङ गर्नेहरुलाई भगवती आवास कम्पनीले उदाहरण बनेर देखाइदिएको स्थानीय बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर