Aamsanchar

भरतपुरमा विद्युतिय तार जमिन मुनीबाट लगिने

Author Image
बुधवार, भदौ १८, २०७६

चितवन,भदौं १८ ।

नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो ।

महानगरपालिकाभित्र कसरी भूमिगत लाइन विछ्याउन सकिन्छ भन्नेबारेमा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोलीले महानगरपालिका प्रमुख रेनु दाहालसहितका पदाधिकारीहरुसँग छलफल गरेको छ । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहेपनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ ।

चार महिनाभित्र नै सबै डिपिआरको काम सकिने मेयर दाहालले जानकारी दिइन् । काठमाडौं महानगरपालिकापछि विद्युत लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको सिलवालले बताए । ‘महानगरको सबै विद्युत लाइनलाई भूमिगत बनाउने योजना अहिले बनाउछौं, एकै पटक सबै ठाउँमा काम गर्न बजेटले भ्याउदैन, उपकार्यकारी निर्देशक सिलवालले भने, तर चरणवद्ध रुपमा काम हुँदै जान्छ ।

प्राधिकरणले पहिलो चरणमा नारायणगढको नारायणगढ वसपार्कदेखि पुल्चोक र चौविसकोठी हाकिमचोकसम्मको मूल सडकमा रहेका विद्युतको तारलाई भूमिगत गर्ने गरी योजना अघि बढाएको छ । शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् । नारायणी अनलाईनबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर