दशै नजिकिए संगै गाउँ सहरमा चोरीका घटना प्रहरीमा धेरै नै दर्ता भएको पाईन्छ । दशैका लागि भनेर बर्षभरी हेरचाहाँ गरेर पारेका खसी, कुखुरा देखि अन्य भौतिक बस्तुहरु चोरी गर्ने दुले देखि डकैति गर्ने सम्माका चोरहरु सक्रिय बनेको हुन्छन यसवेला, कयौ चोरहरु स्थानियले र प्रहरीबाट पक्राउ पनि पर्नेगर्छन कतिलाई स्थानियको त कुरै छोडौं प्रहरीले पनि पक्रन सक्दैन ।
त्यस्ता चोरबाट पुगेको क्षती, घटनाले धेरैको जिविको पार्जनमा कठिनाई र दशै दशा झै बन्ने गरेको छ ।
त्यस्तै दुलेचोरको विगविगी भईरहेको वेला इलाका प्रहरी कार्यलय अनारमनीले छिमेकीको खसी चोरी गरेर काटेर खाने तयारी गरेका कनकाई नगरपालिका – ४ का मन्जिल चौधरीलाई पक्राउ गरेको छ ।
बुधबार स्थानीय मिरा बुढाथोकीको खसी बाधेर राखेको ठाउँबाट चौधरीले चोरी गरेका थिए । चौधरीले आज राती १ बजे खसी काटेको स्वीकार गरेका छन् । आज बिहान खसी चोरी गर्ने चौधरीको घर पुगेर बुढाथोकीले प्रहरीलाई जानकारी गराएपछी उनलाई नियन्त्रणमा लिइएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 206