Aamsanchar

सक्कली सामान बेच्नेहरु, नक्कली सामानको बारेमा यस्तो भन्छन

Author Image
शनिवार, भदौ २१, २०७६

बिर्तामोड। तपाईले किनेको सामान नक्कली पर्योकी सक्कली ? कतै धेरै पैषा खर्चेर कमसल सामान त किनीरहनु भएको छैन ? नक्कली हेर्दा सक्कली जस्तै देखिन्छ तर नक्कली सक्कली छुट्याउन भने अब गारोंछैन । ग्राहकले यि कुरामा ध्यानदिन आवसेक छ भन्ने लगायतका विभिनन विषयलाई ग्राहक समक्ष जानकारी दिने उदेश्यले जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि काठमाडौंले आफू आधिकारिक बिक्रेता रहेका अन्तर्रा्ष्ट्रिय ब्राण्डका विद्युतीय उपकरणहरु के बारेमा सचेतना कार्यक्रम गरेको छ ।

डेल, एचपी र एप्पल आदि अन्तर्रा्ष्ट्रिय ब्राण्डका विद्युतीय सामग्रीहरुको नेपालका लागि आधिकारिक बिक्रेता जेनेक्स्टले  पत्रकारमाझ अन्तरक्रियात्मक सचेतनात्मक कार्यक्रम गरेको हो । मोवाइल, ट्याव, ल्यापटप, प्रिन्टर फोटोकपीसहित तिनका एसेसरिज खरिद गर्दा उपभोक्ताले समग्र सक्कली सामान प्राप्त गरुन् भनेर जेनेक्स्टले आफ्नो होलोग्राम, वेवसाइट र एसएमएसबाट जानकारी लिन सकिने व्यवस्था मिलाएको निर्देशक निकिता भिमसरियाले बताइन् ।

कार्यक्रममा डेल, एचपी र एप्पलका विभिन्न उत्पादनहरु, तिनका विशेषताका बारेमा कम्पनीका निर्देशक सिमरन भिमसरिया तथा कर्मचारीहरु सरोज श्रेष्ठ र कविर सञ्जेलले स्लाइड प्रेजेन्टेशन गरेका थिए ।उनीहरुले बडादशैंको अवसरमा आफ्ना उत्पादनका यही भदौ २९ गतेदेखि कात्तिक २४ गतेसम्म खरिदकर्ताहरुलाई हात खाली नजाने स्क्राच कुपन प्रदान गरिने पनि जनाएका छन् ।

डेल, एचपी र एप्पलको आधिकारिक क्षेत्रीय बिक्रेता क्वालिटी कम्प्युटर बिर्तामोड र आरपिएल ग्रुपको संयोजनमा बिर्तामोडमा गरिएको कार्यक्रममा क्वालिटी कम्प्युटरको १९ वर्षे यात्रा बारे पनि जानकारी दिइयो ।क्वालिटीका निर्देशक दिपेश पाठकले विभिन्न देशले उत्पादन गरेका अन्तर्रा्ष्ट्रिय ब्राण्डका सामग्रीहरु आधिकारिक बाटोबाटमात्र नभई ‘सेटिङ’ मिलाएर कालोबजारी गरी नेपाल भित्रने भएकाले तिनको गुणस्तर जाँच गर्न सहयोग पुगोस् भनेर सचेतना कार्यक्रम गरिएको बताए ।

क्वालिटी कम्प्युटरका निर्देशक शुभ कुमाईं पाठकले आमन्त्रितहरुलाई स्वागत गरी सुरु भएको प्रेस मिट एण्ड ग्रिटमा विभिन्न प्रश्नहरु राखेर सहभागीलाई सचेतना बृद्धि गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर