Aamsanchar

फेसियल रिकग्निसन प्रविधि हुनेछ भविष्यको आइफोन

Author Image
शुक्रवार, भदौ २७, २०७६


आफ्नो आइफोनबाट टच आइडी हटाएसँगै अब एप्पल पूर्णरुपमा फेस आइडी फिचरमा भर पर्दैछ । एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजमा पनि फेस आइडी फिचर सामेल गरेको छ । अहिलेका लागि भलै फेसियल रिकग्निसन बायोमेट्रिक सेक्योरिटीले राम्रोसँग काम गरिरहेको छ । तथापि, भविष्यमा आइफोनको डिस्प्लेमा टच हटाएको स्थितिमा एप्पलले फेसियल रिकग्निसन प्रविधिसँग सम्झौता गर्नुपर्ने हुन्छ । आइफोन एक्ससँगै सुरु भएको नच डिस्प्लेलाई एप्पलले नयाँ डिभाइसमा पनि सामेल गरेको छ । जबकि प्रयोगकर्तालाई यो मन परेको छैन । एप्पलका आइफोनहरु फूलस्क्रिनवाला डिस्प्लेयुक्त होस् भन्ने चाहना एप्पलका प्रयोगकर्ताको छ । योसँगै एप्पलले नयाँ विकल्पमा पनि काम सुरु गरेको छ । तर, भविष्यमा आइफोनको डिस्प्लेबाट नच हटाइयो भने टच आइडी वा फेस आइडी बिना डिभाइसहरु कसरी सुरक्षित होलान् रु एप्पलले हत्केलाबाट यसको जवाफ दिनेछ । अर्थात् एप्पलले अहिले एबmि क्ष्म् प्रविधिको विकासमा काम गरिरहेको छ ।एप्पलले अमेरिकाको पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा एउटा पेटेन्टका लागि निवेदन दर्ता गरेको छ । यसबाट के खुलासा भएको छ भने एप्पलले भविष्यमा आफ्ना आइफोनमा लक वा अनलक गर्नका लागि हत्केला स्क्यान गर्ने प्रविधिको प्रयोग गर्नेछ ।एप्पलका अनुसार हत्केला बायोमेट्रिक स्क्यानर केवल भविष्यका आइफोनमा मात्र होइन आइप्याड तथा एप्पल वाचमा समेत प्रयोग हुन सक्नेछ ।

आइफोन उठाउँदै अनलक

फिंगरप्रिन्ट जस्तै हत्केलाका रेखा वा हस्तरेखा पनि उमेरसँगै परिवर्तन हुँदैन ।त्यसैले एप्पलले नयाँ बायोमेट्रिक लक अप्सनको रुपमा भविष्यका आइफोनमा यसको प्रयोग गर्न सक्दछ । नयाँ पाम स्क्यानिङ सेक्योरिटी अन्तर्गत प्रयोगकर्ताले आइफोन हातले उठाउँदा त्यो अनलक हुन्छ ।यो नयाँ प्रविधिलाई एप्पलले कहिलेदेखि आइफोनमा ल्याउनेछ भन्ने बारेमा यसमा एप्पलले केही खुलाएाके छैन । यद्यपि पूरै हत्केलालाई स्क्यान गर्ने प्रक्रिया जटिल छ र यसका लागि एप्पलले अत्याधुनिक सेन्सरमा भर पर्नु पर्नेछ ।

साथै यसका लागि सेल्फी क्यामरालाई पनि बढि शक्तिशाली बनाउनु पर्नेछ । तर डिभाइसका डिस्प्लेमा नच हाटाउँदा सेन्सर र सेल्फी क्यामरा कुन भागमा राख्ने भन्ने प्रश्न उठ्नेछ । त्यसैले सानो आकारकै भएपनि डिस्प्ले नचमै हत्केला स्क्यान गर्ने सेन्सर एप्पलले आफ्ना डिभाइसमा राख्ने विश्वास गरिएको छ ।त्यसो भए के एप्पलले भविष्यका आइफोनमा पनि नच डिस्प्ले नै राख्ने छ त रु यसको जवाफ चाहीँ एप्पलले दिइसकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर