Aamsanchar

विश्वमा तीन करोड चेलिबेटी बेचबिखनको सिकार

Author Image
आइतवार, भदौ १२, २०७३

manab-taskariकाठमाडौँ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् ।

चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौँ चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिनहुँ नेपालमा धेरै महिला चेलिबेटी बेचबिखनको सिकार बनेका छन् । त्यसलाई रोक्न मानवअधिकार आयोग दृढ भएर लागेको छ ।”
उहाँले चेलिबेटी बेचबिखन सीमानाकाबाट बढी हुने हुँदा बेचबिखनलाई रोक्न नेपाल प्रहरीको सक्रियता बढाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

समूहका सल्लाहकार भारती सिलवालले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको उल्लेख गर्दै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको स्मरण गराउनुभयो ।
समूहको संस्थापक अध्यक्ष दुर्गा घिमिरेले नक्कली बिहेको नाउँमा नेपाली चेलिबेटी बेचबिखन भइरहेको बताउनुभयो ।
संस्थाकी अध्यक्ष डा उषा पोखरेलले गरिबीका कारण चेलिबेटी बेचबिखन फस्टाउँदै गएको बताउँदै यसलाई नियन्त्रण गर्न सबै पक्ष एक हुनु जरुरी रहेको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा महिला र बालबालिकाको अधिकारका काम गर्दै आउनुभएका अधिकारकर्मी दुर्गा घिमिरे र चितवन जिल्लाका जिल्ला न्यायाधीश टेकनारायण कुँवरलाई सम्मान गरिएको थियो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर