Aamsanchar

गोली हानेर एक व्यक्तिको हत्या, ५ लाख लुटपाट

Author Image
आइतवार, भदौ २९, २०७६

प्रतिकात्मक तस्वीर

भदौ २९, बुटवल । चाडबाड नजिकिए संगै जतात्यतै लुटपाट चोरीको घटना बढी रहेको अवस्थामा रुपन्देहीमा आज लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका–३ मा हत्या भएको हो ।

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर