Aamsanchar

भद्रपुर प्रेस क्लबको पदस्थापन

Author Image
आइतवार, भदौ १२, २०७३

krishneभद्रपुर । झापा सदरमुकाम आसपास क्षेत्रका पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित प्रेस क्लव भद्रपुरको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ ।

भद्रपुर ८ स्थित सगरमाथाचोकमा सञ्चालनमा आएको क्लवको कार्यालय उद्घाटन नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले रिवन काटेर गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै सिटौलाले देशको आर्थिक सम्बृद्धिका लागि पत्रकारले दलीय स्वार्थ त्यागी कलम चलाएर स्थानीय प्रशासन देखि सरकार सम्मलाई खबरदारी गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले आर्थिक विकासको पक्षमा मैले नै गल्ती गरे वा राजनितिक, प्रशासनिक क्षेत्रमा गल्ती भएको पत्रकारले थाहा पाए त्यसलाई लुकाउनु साटो जनता सम्म ल्याई पत्रकारले आफ्नो धर्म निर्वाह गर्नु पर्ने बताउनु भयो । पत्रकारले लेखन छाडेभने एक गल्ती गर्ने व्यक्तिले आगामी दिन दश गल्ती गर्दै हिडने अवसर पाउने उहाँको भनाई छ ।

झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विशेषगरी झापाको दक्षीणी क्षेत्रलाई मध्यनजर गरि स्थापना भएको पत्रकारको साझा संस्थाले समाजमा देखिएका र प्रशासनको आँखा नपुगेको विषयमा सचेत गराइदिन आग्रह गर्नु भयो । अन्य जिल्ला भन्दा झापाली पत्रकार चेतनशिल भएको उल्लेख गर्दै प्रशासनवाट हुने सहयोगमा कुनै कन्जुश्याँइ नगरिने प्रजिअ भुजेलको भनाई छ ।

स्थानीय विकास अधिकारी खेमराज ओझाले झापाका पत्रकारमाथी आक्रोस पोख्नु भयो । पत्रकारले जिविसप्रति हेर्ने दृष्टिकोण सधै नकरात्मक रहेकोले यतार्थ बुझेरमात्र समचार सम्प्रेषण गर्न पत्रकारहरुलाई अनुरोध गरेका थिए । ओझाले विकास निर्माणमा मेरो कुनै मिलोमतो नभएको समेत प्रस्ट पार्नु भएको थियो ।

भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले नगर क्षेत्रमा रहेका पत्रकारहरु मध्ये सक्रिय दुई जना पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्दै आइरहेको बताउनु भयो । पत्रकार लगायत सामाजिक सघंसस्था प्रति नगरपालिकाको हेर्ने दृष्टिकोण सकारात्म भएको उल्लेख गर्दै यहाँका पत्रकारलाई आउदो दिन पनि सक्दो सहयोग गर्न प्रतिवद्धता जाहेर गर्नु भयो ।

झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष याम बहादुर श्रेष्ठले समाचार लेखेको भरमा ज्यान गुमाउनु पर्ने जस्ता घट्ना पुनः नदोहोरिनु भन्दै पत्रकारले सत्यतथ्य घटना आधारित भई समाचार लेख्न आग्रह गर्नु भयो ।

कार्यक्रममा क्लवका संयोजक चिन्तामणि दाहालले निर्वाचित अध्यक्ष गोविन्दचन्द्र क्षेत्री अविर लगाएर पदस्थापन गराउदै क्लवका माइन्युट हस्तान्तरण गराउनु भयो । साथै संयोजक दाहालले क्लवका उपाध्यक्ष माया पकुलाव, महासचिव उत्तम नेपाल, सचिव पार्थ मण्डल र सदस्यहरु द्रोण अधिकारी, विरेन्द्र न्यौपाने, राधा खनाल धर्म राईलाई अविर लगाएर पदस्थापन गराउनु भयो । स्वागत मन्तव्य राख्दै माधव विद्रोही क्लवको बारेमा प्रकाश पारेका थिए भने पत्रकार गोपाल गिरीले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)