Aamsanchar

गर्मी बढ्यो,तापक्रम ३७ डिग्री

Author Image
आइतवार, भदौ १२, २०७३

swiming

 

धनगढी ।

केही हप्तादेखि बढेको गर्मीले कैलाली जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

झन्डै तीन हप्तायता यस क्षेत्रमा वर्षा हुन नसकी भएको खडेरीसँगै बढेको उमर्खाउलो गर्मीले जनजीवन प्रभावित भएको हो ।

गर्मी बढ्दै जाँदा दिउँसोको समयमा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । निरन्तरको गर्मीका कारण तात्ने गरेका पक्की घरमा समेत भित्र पङ्खाले पनि तातो हावा फ्याँक्ने गरेपछि थप सास्ती खेप्नु परेको स्थानीयवासी जगराज भट्टले बताउनुभयो ।

बढ्दै गएको गर्मीले दैनिक मजदुरी गर्ने मजदुर, विद्यालयका छात्रछात्रा र वृद्धवृद्धालाई बढी असर पु¥याएको छ । गर्मीका कारण विद्यालयका छात्रछात्रा, शिक्षक, कर्मचारीमा प्रतिकूल असर पुगेको भन्दै दिउँसोको सट्टा बिहानको समयमा विद्यालयमा पठनपाठन सञ्चालन गर्न निजी विद्यालयका प्राध्यापक एवम् पदाधिकारीले आज माग गरेका छन् ।

तीन हप्तायता वर्षा हुन नसक्दा देखिएको सुख्खा मौसम एवम् खडेरीले धान रोपिएका खेत सुकेर चिरा पर्न थालेको दुखेसो स्थानीय कृषक हीरा चौधरीले गर्नुभयो । कैलाली जिल्लामा सिँचाइको उचित व्यवस्था हुन नसक्दा अधिकांश क्षेत्रफलको जग्गामा आकाशको पानीको भरमा धान रोपाइँ हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका मौसम विज्ञान सहायक राममणि मिश्रले गर्मीसँगै सापेक्षिक आद्र्रता पनि बढ्दा अत्यधिक गर्मी महसुस भएको बताउनुभयो । लामो समयदेखि पानीका थोपा हावामा नै रहिरहने गरेपनि वर्षा हुन नसकेर सापेक्षिक आर्द्रता बढ्न गएको मिश्रको भनाइ छ ।

यस क्षेत्रमा केही दिनदेखि अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको आसपास रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर