चारपाने, असोज ४ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवाकेन्द्र लक्ष्मीपुरको आयोजनामा महिला कानून सचेतना तालिम सम्पन्न भएको छ ।
संस्थाका केन्द्रिय उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा शनिबार कनकाई नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुरमा सम्पन्न भएको हो । कनकाई र अर्जुनधारा नगरपालिका क्षेत्रका अगुवा महिला प्रतिनिधीलाई लक्षित गरी दिईएको लातिममा ४० जना महिलाको सहभागिता रहेको थियो ।
संसोधित कानूनका कारण गाउँ सहरमा महिलाहरुमा पर्ने गरेको कानुनी जटिलता र समाधानको बारे अधिवक्ता द्वय दिपेन्द्र भट्टराई र उमा कार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा सहारा नेपाल संचालक समिति सदस्य नरहरी न्यौपाने, सहारा नेपाल चारपाने सेवाकेन्द्रका प्रमुख जगत कार्की, सहयोग समिति सदस्य दिव्यसरा उप्रेती, टोमकुमारी ओझा लगायतको आथित्यता रहेको थियो ।
कनकाई वडा नम्बर ८ का वडा अध्यक्ष प्रेमबहादुर कटुवाल, अर्जुनधारा–५ का अध्यक्ष ध्यानबहादुर भारती, कनकाई नगर कार्यपालिका सदस्य सुनिता सिग्देलले महिला कानुन बारे सचेतना फैलाउने कार्यक्रम स्थानिय सरकारले अघी सारेको भएपनि सहारा नेपालले पहिले नै यो कार्यक्रम गरेकोमा सहारा नेपाल साकोसलाई मन्तव्यको क्रममा धन्यवाद दिएका थिए ।
उद्घाटन सत्रमा कार्यक्रम सहारा नेपाल संचालक सदस्य चित्रकला ओलीले औचित्यमाथी प्रकास पारेकी थिईन भने संचालन लक्ष्मीपुर सेवाकेन्द्रका प्रमुख उमेश भारतीले गरेका थिए ।